सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १७:३६:५३
२७ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिन थप गरेको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई सीआईबीले म्याद थपका लागि अदालत लगेकाले बुधबार चार दिन थप भएको हो ।
सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिन भित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।
हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
ब्यूरोले अनुसन्धानको मिशिल बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी न्यौपानेले नेपालबहसलाई बताए । थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
रेडीट्रेड प्रा.लीले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् । तस्करीमा संलग्नहरुले पछिल्लो पटक करिब ३६२ किलो सुन तस्करी गरेको ब्युरोको अनुसन्धान प्रतिवेदन बुझाउन अघि पत्रकार सम्मेलन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
१६ सयले बढेर तोलाको १ लाख ४० हजार पुग्यो सुन
जेठ ३, २०८१ बिहिबार
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
जेठ ३, २०८१ बिहिबार
अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री
जेठ ३, २०८१ बिहिबार
बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत
जेठ ३, २०८१ बिहिबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजस्व
जेठ ३, २०८१ बिहिबार