अमेरिकामा वाइडेन भन्दा ट्रम्प लोकप्रिय
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार ११:४६:३
२८ भदौ, वासिगटन डिसी । अमेरिकामा राष्ट्रपति जो वाइडेन भन्दा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रिय देखिएका छन् ।
अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन ।
सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प र बाइडेनबीच कसलाई छनोट गर्ने भन्ने प्रश्नमा ४३ प्रतिशत मानिसले बाइडेनलाई फेरि राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा राखेका छन् । तर, ४६ प्रतिशत जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिको रूपमा हेर्न चाहेको बताएका छन् ।
सो सर्वेक्षणमा राष्ट्रिय संकटको अवस्था सामना गर्न कसले राम्रो काम गर्छ रु भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका छन जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।
साथै, ५० प्रतिशत मतदाताले बाराक ओबामाको सरकारमा उपराष्ट्रपति हुँदा हन्टर बाइडेनको युक्रेन र चीनसँगको व्यापारिक सम्झौतामा जो बाइडेन संलग्न भएको ठान्छन् भने ४० प्रतिशत मतदाताले जो बाइडेन संलग्न नभएको महसुस गर्छन्।
जहाँ ३५ प्रतिशत मतदाताले जो बाइडेन युक्रेन र चीनसँगको हन्टर बाइडेनको व्यापारिक कारोबारमा संलग्न रहेको र उनले केही गैरकानुनी काम गरेको विश्वास गर्छन् ।
१३ प्रतिशत मतदाताले उनी सो कारोबारमा संलग्न रहेको र उनले अनैतिक काम गरेको विश्वाससमेत गर्छन् । तर, त्यसमा कुनै र केही गैरकानुनी कार्य भएको अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार