नेपाल पुनर्बिमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १२:४३:५५
२८ भदौ, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रा त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा घटेको छ भने जीवन बिमातर्फ नाफा विस्तार भएको छ । अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रूपैयाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्ष ५२ करोड ९० लाख ५२ हजार रूपैयाँमा सीमित भएको छ ।
यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ २ करोड ९७ लाख ३१ हजार रूपैयाँ नोक्सानमा रहेकोमा गत वर्ष चैतसम्ममा ६ करोड ७१ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको छ । गत वर्ष चैत ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रूपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै गत वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रूपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रूपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रूपैयाँ जम्मा भएको छ ।
निर्जीवन बिमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रूपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ६ रूपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १७४ रूपैयाँ ४६ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार