बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार ९:२८:२५
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागी शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाउने उल्लेख गर्दै शुभकामना व्यक्त गरेको छन् ।
शुभकामना सन्देशमा लेखिएको छ,“ बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आज हामी ५९ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाउँदैछौँ। विशेषगरि विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाइन्छ । यस ऐतिहासिक अवसरमा म सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न ,गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
उनले विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएकोले तिनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार