प्रधानमन्त्रीद्वारा चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी, राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता गर्ने
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १४:२८:४९
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकार गिराएका छन् । उनले अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र त्यसपछि हुने चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिक प्रकारको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदाय समक्ष मुखरित गर्न पाउनुलाई महत्वपूर्ण अवसरको रुपमा लिएको बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघका महासचिवबाट महासभाका सम्बोधन गर्नका लागि निमन्त्रण प्राप्त भएको बताउँदै त्यसतर्फ भाद्र ३० गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रस्तान गर्ने बताए । यसै वर्ष दिगो विकास, जलवायू परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित विश्व चुनौतीहरु, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तिय प्रवन्ध लगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरुका साझा चासो एवं सरोकारका विषयहरुमा गहन रुपमा छलफल हुने गरी साइडलाइनमा आयोजना हुने बैठकमा समेत सहभागी हुने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रहरुको अध्यक्षको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारी आएको बताए । उनले चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणमा चीनको औपचारिक भ्रमणमा जान लागेको बारेपनि जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने जानकारी दिए ।
उनले संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको भन्दै चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुने बताए । लगतै उनले १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी जानकार दिए ।
२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए । चोङकिङ महानगरका साथै तिब्बतको भ्रमण गरेर फर्किने आफ्नो कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध थप मजबुत बनाउनका लागि बहुआयामित पक्षमा छलफल हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार