डेंगी संक्रमण नियन्त्रणका लागि सबैसँग हातेमालो गर्दै वीरगञ्ज महानगर

आबिद हुसेन
भदौ २९, २०८० शुक्रबार १६:२७:४५
२९ भदौ, वीरगञ्ज । वीरगञ्ज र आसपासका क्षेत्रमा डेंगीको संक्रमण फैलन थालेपछि महानगरपालिकाले डेंगु संक्रमण फैलाउने लामुखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा ‘खोज र नष्ट गर’ अभियन नै चलाइरहेको छ ।पछिल्लो केही दिन यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको संख्या बढ्दै गए पछि महानगरले विशेष अभियान नै चलाएको हो ।
शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बैठक बसेर डेंगी संक्रमण नियन्त्रणका लागि वडा स्तरीय सचेतना कार्यक्रम संचालन गर्नुका साथै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता र डेंगी जाँच किटको व्यवस्था गर्ने बारे छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले डेंगी संक्रमण नियन्त्रणका लागि महानगरले थालेको कदम सह्रानीय रहेको भन्दै यसमा सबै तह र तप्काको साथ रहनु पर्नेमा जोड दिए । ‘डेंगी समस्याको रुपमा फैलन नदिन पहिल्यै चनाखो भएर सबैले हातेमालो गरेर आवश्यक सतर्कता अपनाऔँ,’ उनले भने , ‘बेलैमा संक्रमण नियन्त्रणमा ल्याउन नसकिए भयावह स्थिति सिर्जना गर्नेछ ।’
प्रमुख जिल्ला अधिकारी रेग्मीले आफू मातहतका सबै कार्यालयलाई डेंगी संक्रमण नियन्त्रणमा हातेमालो गर्न निर्देशन दिँदै टोलटोलबाटै संक्रमण नियन्त्रणका लागि सबै जाग्नु पर्ने बताए ।
महानगरको स्वास्थ्य, सरसफाई शाखा र नगर प्रहरी समेतको टोली हरेक दिन वीरगञ्जको विभिन्न स्थानमा पुगेर लामखुट्टेको वासस्थानको खोज्दै लार्भा नष्ट गर्दै आइरहेको छ ।शुक्रबारको बैठकमा महानगरको स्वास्थ्य शाखा प्रमुख अनिल यादवले डेंगु संक्रमणको अहिलेसम्मको अवस्था र यसको नियन्त्रणमा महानगरले गरिरहेको अभियानका बारेमा जानकारी गराएका थिए ।
महानगरको सभाहलमा बसेको बैठकमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत भागिरथ चौधरी लगायत विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपधानबालीमा ग्वारो फैलिएपछि पर्साका किसान चिन्तित
असोज ६, २०८० शनिबार
मलंगवामा कर्फ्युबीच प्रदर्शन, प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रु ग्यास प्रहार
असोज ५, २०८० शुक्रबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार