एसपी शाहको ९ महिना : ४४ करोडको राजश्व दाखिला, ९ सय ४९ जना फरार प्रतिवादी पक्राउ

आबिद हुसेन
भदौ ३०, २०८० शनिबार १३:०:५०
३० भदाै, वीरगञ्ज । पर्सा प्रहरीले गएको ९ महिनाको अन्तरालमा ४४ करोड ९३ लाख ६२ हजार २ सय १० रूपैयाँ बराबरको भन्सार छलीको मालसामान बरामद गरी भन्सार राजश्व दाखिला गरेको छ ।
२०७९ पुष मसान्त देखी २०८० भदौ मसान्तसम्ममा जिल्ला प्रहरी कार्यालय पर्साले आईसीपी हुँदै निस्केको बिल विजक भन्दा बढी माल वस्तु तथा खाद्यान्न समान बोकेको २७ वटा ट्रक तथा अन्य साना सवारी साधन नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा कारबाहीको लागी बुझाएको छ ।
यसै गरी वीरगञ्ज आसपासको खुला नाकाबाट भन्सार चोरी पैठारी गरि नेपाल तर्फ भित्रयाउँदा बरामद सामानहरू हार्डवेयर, मोटर पार्टस, गाडीको पार्टपुर्जा, लता कपडा,धान गहुँ, सौन्दर्य प्रशाधनका सामग्री तथा किराना खाध्य वस्तु लगायतका सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ ।
पर्साको खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाई गर्न कुनै कसर बाँकी नराखेको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाह बताउँछन । उनले मुख्य नाका तथा अन्य खुला सीमा नाकाहरूमा प्रहरीको बाक्लो उपस्थितिले गर्दा चोरी निकासीमा कडाइ हुने गरेको छ तर छेउ छाउबाट लुकी चोरी हुने गरेको भन्सार चोरी निकासी नियन्त्रण गर्न पनि प्रयासरत रहेको दावी गरे ।
९ सय ४९ जना फरार प्रतिवादी पक्राउ
अदालतको फैसला कार्यान्वयन तर्फ पर्सा प्रहरीले ९ महिनामा ९ सय ४९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालत समक्ष बुझाएको छ ।
सम्मानित जिल्ला अदालत बाट मुद्दा फैसला भई फरार रहदै आएका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी युनिटहरुको सहयोगमा पर्साको विभिन्न ठाउँहरुबाट पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । जसमध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध मुद्दा, किर्ते, जालसाजी, कुटपिट, जुवा, सार्वजनिक अपराध लगायतका रहेका छन ।
लागुऔषध सहित ४ सय २८ पुरुष र १५ महिला पक्राउ
प्रहरीका लागी अर्को चुनौती भनेको खुला सीमाको कारण हुने लागूऔषधको ओसार पसार तथा बिक्री वितरण भएको प्रहरी उपरीक्षक शाह बताउँछन । नेपाल बाट भारत तर्फ जाने गाँजा र चरेश तथा भारत बाट नेपाल तर्फ आउने नशालु टयाबलेट, कोरेक्स बोतल, एमपुल लगायतका नेपालमा प्रतिबन्धित लागूऔषध सहित वर्षेनी सयौं पक्राउ पर्ने गरेका छन ।
यस अवधिमा प्रहरीले १२ सय ७३ किलो गाजा र १ सय ३ किलो चरेश बरामद गरेको छ । हिरोइन ५८ ग्राम, फेनार्गन ८ हजार ९९ एम्पुल, डाईजी ल्याब १० हजार ८ सय ८१ एम्पुल, नुर्फीन १ हजार २ सय ४० एम्पुल, नाइट्रो भ्याट २८ हजार ७ सय ४३ गोटा र कोरेक्स ३ हजार ६ सय ६० बोतल बरामद गरेको छ भने उक्त कसुरमा ४ सय २८ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरी लागुऔषध मुद्दा दर्ता गरेर कार्यबाही प्रक्रिया बढाएको छ ।
युवा युवतीलाई लागूऔषधको कुलतबाट बच्न बचाउन प्रहरीले स्कुल कलेजहरूमा बेला बेलामा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको प्रहरी उपरीक्षक शाहले बताए ।
वीरगञ्ज महानगर तथा अन्य क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन तथा गलत गतिविधिलाई नियन्त्रण गर्न सीसीटिभी क्यामरा मार्फत समेत निगरानी बढाइएको प्रहरी उपरीक्षक शाह बताउँछन ।
दिनहुँ हुने मोटरसाइकल चोरीका घटनामा कमी ल्याउन सीसीटिभी क्यामेरा मार्फत चोर समुहको पहिचान गरेर मोटरसाइकल समेत फिर्ता ल्याउने काम भएको बताए । ३३ वटा गिरोह बाट ४४ जना चोरलाई पक्राउ गरेर ३६ वटा मोटरसाइकल बरामद गरि सम्बन्धित धनीलाई बुझाइएको पर्सा प्रहरीको तथ्याङ्कले देखाउँछ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपधानबालीमा ग्वारो फैलिएपछि पर्साका किसान चिन्तित
असोज ६, २०८० शनिबार
मलंगवामा कर्फ्युबीच प्रदर्शन, प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रु ग्यास प्रहार
असोज ५, २०८० शुक्रबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार