सरकारको चालु खाता झण्डै ३३ अर्बले बचतमा, भदौमा मात्र १ खर्ब १६ अर्ब रेमिटेन्स भित्रियो

नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १७:४६:३९
३१ भदौ, काठमाडौं । अर्थतन्त्रका बाह्य सूचकमा सुधार आएसँगै सरकारको चालू खातामा पनि सुधार आएको छ । विगत तीन वर्षपछि चालू खाता सुधारमा देखिएको हो । २०७७ मंसिरदेखि निरन्तर ऋणात्मक रहेको चालू खाता यस वर्षको साउनमा १२ अर्ब ९९ करोडले बचतमा पुगेको छ । चालू बर्षको पहिलो महिना शोधनान्तर बचत ३२ अर्ब ९० करोड रूपैयाँ छ । गत वर्षको यही समयमा २२ अर्ब ६३ करोडले ऋणात्मक थियो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ७ करोड ९ लाख डलर पुगेको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै घट्दो आयातले विदेशी मुद्राको सञ्चितिमा भने बल पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू वर्षको पहिलो महिनाको विवरण सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति (एकै महिनामा) ३३ अर्ब ७६ करोडले बढेको जनाएको छ ।
अहिले मुलुकमा कुल १५ खर्ब ७३ अर्ब १२ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति छ । यो भनेको अहिलेसम्मकै उच्च सञ्चिति हो । आयात घट्ने र रेमिटेन्स बढ्ने हुँदा सञ्चितिमा उच्च सुधार देखिएको हो । आयातमा ६ महिनायताकै कमी आएको छ । साउनमा एक खर्ब २९ अर्ब २४ करोडको वस्तु आयात भएको छ । अहिलेको सञ्चितिले १२.५ महिनाको वस्तु र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। यता आयात घटेर सरकारको राजस्वमा समेत प्रभाव परेको छ ।
भदौमा मात्र एक खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन महिनामा अहिलेसम्मकै उच्च रेमिटेन्स भित्रिएको हो । भदौमा कुल १ खर्ब १६ अर्ब २ करोड रूपैयाँ रेमिटेन्स आएको छ । यसअघि गत असार महिनामा अहिलेसम्मकै सर्वाधिक एक खर्ब ८ अर्ब ४ करोड रूपैयाँ भित्रिएको थियो । गत आर्थिक बर्षभरी कुल १२ खर्ब २० अर्ब ५६ करोड रेमिटेन्स भित्रिएको थियो ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो । अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ । अघिल्ला महिनाहरुमा विदेश जानेको संख्या उल्लेख्य बढेकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।
यद्यपि यो साउनमा भने अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको साउनको तुलनामा घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब प्रतिदिन २० केजी सुन आयात गर्न पाइने
असोज ५, २०८० शुक्रबार
आन्तरिक ऋण उठाउन १० अर्ब बराबरको ऋणपत्र निष्कासन
असोज ५, २०८० शुक्रबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार