देशभरका अस्पतालमा ओपीडी सेवा सुचारु
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १३:११:३२
१ असोज, काठमाडौं । चिकित्सकहरुको छाता संगठन मानिने नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वास्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । आइतबार सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै ओपीडी सेवा सञ्चालनमा आएको हो ।
गएको भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि उपचारका क्रममा मृत्यु भएका बिरामीका आफन्तले कुटपिट गरेर घाइते तुल्याइदिएपछि आपीडी सेवा बन्द गरेर देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । यसबाट हजारौं बिरामी उपचारबाट पाउन नसकेर प्रभावित भएका थिए ।
डाक्टरमाथि आक्रमण गर्नेमध्ये मृतकका श्रीमती रमा प्रधान र छोरी रमिता, प्रधान छोरा रोहित, भतिजा अनुपसहित ४ जना पक्राउ परेका छन् भने पाँच जनालाई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ । कुटपिट घटनामा १८ जना संलग्न रहेको चिकित्सक संघका महासचिव सञ्जिब तिवारीले बताएका छन् । सबैलाई सीसी टिभी फुटेजबाट पहिचान गरी पक्राउ गरिने आश्वसन आफूहरुले सरकारबाट पाएको उनको भनाइ छ ।
आरोपीहरुलाई ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन (पहिलो संशोधन) २०७९’अनुसार कारबाही गर्ने भएका छन् ।
गत साउन २२ सन्चो अस्पतालमा भर्ना भएका हेटौंडा उपमहानगरपालिका-१२ का ४१ वर्षीय राजेश प्रधानलाई उपचार हुन नसकेर चितवन रेफर गरिएको र उपचारकाे क्रममा उनकाे २५ गते मुत्यु भएको थियो । लिएर एक महिनाभन्दा बढी समय बितिसकेको अवस्थामा सो घटनालाई रेफर गर्ने सञ्चोका चिकित्सकहरुमाथि समूहमा अस्पतालमै कुटपिट भएको थियो । डेंगु संक्रमित प्रधानकाे उपचार सञ्चाेका चिकित्सकले लापरवाही गरेकाे आक्रमणकारीहरूकाे भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार