१०३ वटा एन्टिबायोटिक औषधि प्रयोग नगर्न विभागको निर्देशन
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १७:४:४५
१ असोज, काठमाडौं । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएजओ)को सिफारिस सूचीमा नपरेका उक्त प्रकारका औषधी प्रयोग कार्यान्वयन नगर्न र नगराउन औषधि व्यवस्था विभागले उत्पादक, आयातकर्ता र वितरक सबैलाई निर्देशन दिएको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालद्वारा जारी जरुरी सूचनामा ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको समेत जनाएका छन् । विभागले प्रयोग नगर्न भनी सार्वजनिक गरेको सूचीका औषधि डब्लुएचओले प्रयोगका लागि सिफारिस नगरेको सूचनामा उल्लेख छ ।
‘डब्लुएचओ’ले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ’, सूचनामा भनिएको छ, ‘ती औषधि न दर्ता गर्छौं न त प्रयोग गर्न अनुमति नै दिन्छौं ।’
यस्तै, विभागमा दर्ता भएका १३ प्रकारका एन्टिबायोटिकको मौज्दात रहेका र ६ महिनासम्म मात्र बिक्री वितरण गर्न दिने जनाइएको छ । हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका एन्टिबायोटिक एवं समिश्रणको हकमा निर्णय भएको मिति अर्थात यही भदौ १८ गतेदेखि बढीमा ६ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने, त्यसपछि बजारमा रहेका परिमाण तथ्यांक संलकन गरी त्यसलाई रद्द गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार