कोशीमा झन जटीलताः राप्रपाले नपुग्ने भएपछि बहुमत सिद्ध गर्न नेकपा एसको साथ खोज्दै एमाले

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १३:३८:५०
२ असोज, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई महुमत सिद्ध गर्न कठिन देखिएको छ । सरकारको साझेदारीका विषयमा गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीसँग सहकार्यको प्रस्ताव गरिएको छ । तर, उसले साथ दिने संकेत गरेको छैन् । माओवादीको तर्फबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिएपछि एमालेको तर्फबाट उपसभामुख भएकाले एमालेलाई थप एक सीट घाटा भएको छ । एमालेले बहुमत पुर्याउन राप्रपाले साथ दिँदा पनि अझै दुई मत आवश्यक पर्छ ।
एक वर्ष नपुग्दै सरकार अदल बदलको खेल जारी छ । एमालेले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई आलोपालोको प्रस्ताव राखेपनि सफल हुन सकेको छैन । पूर्वमुख्यमन्त्री शेरधन राईले राजेन्द्र राईलाई भेटेर यस्तो प्रस्ताव गरेका छन् । यो खेल अहिले पनि जारी रहेको छ । शुरुमा एमालेका हिक्मत कार्की नेतृत्वमा बनेको सरकारलाई कांग्रेसले विस्थापन गरेको थियो । अहिले पुनः एमालेका कार्कीले नेतृत्व गरिरहेको भएपनि विश्वासको मत आर्जन गर्ने वा पुन अर्को सरकार बन्ने भन्ने बारेमा अन्यौल कायमै रहेको छ ।
यसअघि पाँच महिनामै कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारको नेतृत्व सम्हालेका थिए । तर उनको सरकारलाई दुई दुई पटकसम्म सर्वाेच्च अदालतले असंवैधानिक ठहर गदै खारेज गरिदिएपछि सरकार बनाउने जिम्मेवारी कार्कीमा आएको थियो । कार्कीले आफ्नो सरकार टिकाउन हदैसम्मको लचनकता अपनाउँदै आएका छन् ।
यसपटक कार्की प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा सर्वाेच्चको परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेका छन् । उनी भदौं २२ मा अदालतको परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेका हुन् । उनले आगामी असोज २० भित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले राप्रपा गठबन्धन र अन्य इतर समुह (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा)को गठबन्धन कायमै रहने र एकले अर्काको गठबन्धन टुक्राउन नसकेको अवस्थामा एमालेका लागि दुई र अन्यका लागि एक सांसद अनिवार्य रुपमा बहुमत आवश्यक पर्छ ।
जुन अवस्था अहिले पनि यथावत नै छ । यही अवस्था कायम रहँदा फेरि पनि एमालेका हिक्मत कार्कीले पनि सदनमा विश्वासको मत पाउने अवस्था छैन । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले असोज २० गतेभित्र उक्त धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिनै पर्ने बाध्यात्मक अवस्था छ ।
त्यसो हुन नसकेमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश सभामा जसले विश्वासको मत पाउन सक्छ भन्ने आधार देखाउन सक्छ, उसैको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था छ । त्यसरी बनेको सरकारले पनि फेरि महिना दिनमा विश्वासको मत पाउन नसके प्रदेश सभा मध्यावधिमा धकेलिने छ । तर एमालेका नेताहरूले कांग्रेससँग मिलेर आलोपालो नेतृत्वमा जाने र मध्यावधि रोक्ने प्रस्ताव गरिरहेका छन् । तर अहिले संघीय सरकारमा कांगे्रस, एस, माओवादीको गठबन्धन चलिरहेका कारण एमालेको प्रस्तावमा कांग्रेसले अस्वीकार गर्ने अवस्था रहेको छ ।
उता माओवादीले पनि सरकारमा जाने इच्छा जाहेर गरेको तर संघीय सरकारमा एमाले बाहेकका दलहरु मिलेर सरकार बनाएकाले माओवादीलाई पनि अप्ठेरो परिरहेको छ । मध्यावधीमा जान नदिन अहिलेसम्म दलहरु सहमत भएका छन् । तर विकल्प के हो भन्नेबारेमा लचक छैनन । सकभर आफु नेतृत्वको सरकार जोगाउने र मध्यावधीमा जान नदिनका लागि एमालेका दल नेता समेत रहेका मुख्यमन्त्री कार्कीले अहिले सरकार टिकाउने तीन विकल्पको बारेमा छलफल थालेका छन् ।
एमालेले राप्रपालाई साथ लिएपनि प्रदेश सभामा बहुमत जुटाउन सक्ने अवस्था छैन । उसका लागि संसदको सवैभन्दा ठूलो दल भएपनि राप्रपालाई साथ लिँदा पनि दुई सांसद अपुग भएपछि के गर्ने भन्ने असजिलो भएको छ । अहिले कोशीमा सभामुख पद फालाफाल नै छ । कार्कीले सरकार जोगाउनका लागि अहिले मुख्यत कांग्रेसलाई फकाउन थालेका छन् पनि सभामुख लिन कांग्रेस पनि तयार भैसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले कोशी : मतदान सकियो, अब केही बेरमा मतगणना हुँदै
असोज १५, २०८० सोमबार
किसान र कांग्रेसलाई छुट्याएर हेर्न नहुने कुरामा सुनसरी कांग्रेस नेताहरुको जोड
असोज १४, २०८० आइतबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार