बिरामीलाई टाँका लगाइरहेका अहेबमाथि हातपात
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १६:१६:५०
३ असोज, काठमाडौं । कञ्चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मी (अहेब)माथि हातपात भएको छ । मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वाथ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि एक समूहबाट हातपात भएको हो ।
उनीमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गर्दै हातपात गरेका हुन् । खडकाले गैरेको घाँटी समातेर न्याँकेको भिडिओ सार्वजनिक भएको छ । अहेब गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन् ।
लडेर टाउकोमा चोट लागेका घाइतेको घाउमा टाँका लगाइरहेका बेला मापसे गरेर सडकमा निस्किएका समूह स्वास्थ्य केन्द्रमा अनधिकृत रुपमा प्रवेश गरी हातपात गरेको उनले बताए । समूहमा रहेकामध्ये खडकाले केन्द्रका ईन्चार्जको खोजी गर्दै दुर्व्यवहार सुरु गरेका थिए । पछि प्रहरीको टोलीले समूहलाई बाहिर निकालेको थियो । पीडित गैरे प्रहरीमा उजुरी दिने तयारीमा लागेको बताइन्छ ।
यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिटको घटनामा ४ जना पक्राउ परेका छन् । भने ५ जनाफरार छन् । उनीहरुलाई प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिई खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार