शिशु बिक्री प्रकरणमा ग्रिनक्रस अस्पतालका सञ्चालक खवास पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १३:२७:४०
४ असोज, काठमाडौं । अस्पतालमा जन्मिएका शिशुलाई बाबुको योजनामा बिक्री गरिएको घटनामा मोरङ प्रहरीले अस्पतालका संचालक पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक ५० वर्षीय कृष्ण खवास रहेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संलग्नता भेटिएपछि अनुसन्धानका लागि खवासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खवासलाई आइतबार नै पक्राउ गरेपछि आज मात्र विवरण सार्वजनिक गरेको हो । खवासमाथि संस्थागत त्रुटी गरेको आरोप लगाइएको छ । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । प्रकरणमा यसअघि शिशुका बाबु गोविन्द राई, सोही अस्पतालमा चिकित्सक डा. तपेश्वरलाल कर्ण, नर्स निर्मला यादव, अस्पतालकी कर्मचारी सुधा राजवंशी, शिशु लैजान पैसा तिर्ने सुर्यनारायण राजवंशी, उनका श्रीमती दिलमाया राजवंशी र आमा मनमाया राजवंशीलाई पक्राउ परिसकेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–४ का गोविन्दले स्थानीय एक युवतीसँग प्रेम सम्बन्धमा रहेर बढाएको अवैध यौन सम्बन्धबाट गएकाे असार १३ मा अस्पतालमा शिशुको जन्म भएको थियो । अविवाहित युवतीबाट जन्मिएको शिशुलाई गोविन्दकै योजनामा विराटनगर पुर्याएर निनी अस्पतालमा जन्माई चिकित्क, कर्मचारीसँगको मिलेमतोमा ५ लाख रुपैयाँ बिक्री गरेको खुलेको थियो । जन्मिए लगत्तैदेखि शिशु गायब बनाएपछि युवतीले शिशुको खोजी गरिदिन मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा अनुसन्धान गर्दा घटना पर्दाफास भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार