अस्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १२:४२:२५
७ असोज, काठमाडौं । हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ । नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम हप्ता अस्ट्रेलियामा प्रिमियर गरिने पक्का भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।
यस चलचित्रको लागि अस्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले प्रिमियर तथा रिलिज गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारहरूसहितको चलचित्र टिम त्यहाँ पुग्नेछ । त्यहाँका प्रतिष्ठित नेपालीहरू, कूटनीतिक व्यक्तिहरू, पत्रकारहरू तथा चलचित्रकर्मीहरूमाझ चलचित्रको प्रिमियर गरिनेछ । संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडी नै यसको प्रिमियर हुने बताइएको छ ।
सो कम्पनीले ‘वेस्ट भ्यालु’ प्रदान गरी अस्ट्रेलियाको वितरण अधिकार खरिद गरेको ‘रङ्गेली’को निर्माण पक्षले बताएको छ । आम दर्शकको लागि भने अस्ट्रेलियासहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा नेपालको रिलिज मितिमा नै एकसाथ रिलिज हुने खतिवडाले बताए ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । हाल चलचित्रको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ ।
यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार