सुरक्षाको माग गर्दै डाक्टर र नर्सहरू एप्राेनसहित उत्रिए सडकमा
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधित ऐन अबिलम्ब कार्यान्वयनकाे माग
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १२:०:२३
९ असोज, काठमाडौं । सुरक्षाको माग गर्दै चिकित्सकहरुले सडकमा उपचार पाेशाक (एप्राेन)सहित प्रदर्शन गरेका छन् । मंगलबार बिहान ११ बजेदिख माइतीघर मण्डलामा भेला भएर चिकित्सक, नर्सहरुले आफूहरु कार्य क्षेत्रमा असुरक्षित क्रम बढ्दै गएको भन्दै चिकित्सक र नर्सहरुमाथिको आक्रमण रोक्न माग गरेका छन् ।
सोमबार पोखराको मणिपाल अस्पतालमा लमजुङका एक बिरामीको मृत्यु भएपछि मृतका आफन्तले चिकित्सक र नर्सहरुमाथि आक्रमण गरेका थिए । उनीहरु आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । कार्यस्थलमा सुरक्षाको प्रबन्ध गर्न माग राखेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अबिलम्ब कार्यान्वयन गर्न समेत माग गरेका छन् । दर्जनौं संख्यामा डाक्टर र नर्सहरु माइतीघर मण्डलामा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामाको माग गरे ।
यसअघि भदौ २६ मा मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा एक बिरामीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तले दुई चिकित्सकमाथि उपचार कक्षमा पुगेर कुटपिट गरी घाइते बनाइदिएका थिए । सो घटनामा मृतकका श्रीमती, छोरी, छोरी, भतिजा सहित ७ जनालाई प्रहरी पक्राउ गरी अुनसन्धान जारी राखेको छ ।
यस्तै, सामुदायिक विद्यालयका राहत, पेन्सनबाट वञ्चित तथा ईसीडी शिक्षक र कर्मचारीहरूले पनि आज आन्दाेलन जारी राखेका छन् । उनीहरूले माइतीघर मण्डलामा धर्ना सुरू गरेका छन्र ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका सदस्यको सम्पती विवरण, अधिकांशको सम्पत्तीमा श्रीमती हावी
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार