ओलीले देखे काठमाडौंका फुटपाथलाई ‘नेवारी व्यापारी’को अंश
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १३:३२:२५
९ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका फुटपाथलाई नेवारी व्यापारीको अंश भएको बताएका छन् । मंगलबार सामाजिक संजालमा मेयर बालेन शाहको फुटपाथ व्यापारीलाई हटाउने कदमप्रति लक्षित गर्दै ओलीले काठमाडौंका फुटपाथ पैदल यात्री हिँडडुल बनाइएको स्वीकार्दै त्यसमा परम्परागत नेवारी व्यापारीले व्यापार पनि चलाउँदै आइरहेको संस्कृतिबारे स्मरण गराएका छन् ।
ससुराली काठमाडाैंमा भएका उनले परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गर्दै आइरहेका मानिसहरूको व्यवस्थापन गर्ने बारे गम्भीर सोच्न समेत महानगरपालिकासँग आग्रह गरेका छन् । ‘फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो’ ओलीले लेखेका छन् ।
उनले असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघि देखि यस्तो व्यापार चलेको देखेको उल्लेख गरेका छन् परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वाभाविक रहेको उनको भनाई छ । फुटपाथ व्यापारीलाई बिना विकल्प हटाएपछि बालेनको कार्यालय भृकुटीमण्डपमा अभियन्ता ईः लगायतले पाँच दिनदेखि फुटपाथमा उभिएर विस्थापित फुटपाथ व्यापारीको आन्दोलनलाई साथ दिइरहेका छन् ।
ईः लाई आजै मात्र उपमेयर सुनिता डंगोलले भेट गरेर मागबारे नीति निर्णय गर्न पहल लिने आश्वासन दिएकी छन् । भेटको विषयमा पनि ओलीले लेखेका छन् । अभियन्ता ईः र उपमेयर डंगोल दुवै जना युवा रहेको र छलफल गरेर समस्याको समाधान निकाल्न समेत सुझाव दिएका छन् । ओलीले महानगरबाट गरिबलाई नभई गरिबीलाई हटाउनुपर्नेमा सबैले जोड दिनुपर्ने तर्क गर्दै समाधानबारे उपाय भए राख्न समेत भनेका छन् । ओलीले सोमबार पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा उद्घाटन गर्दै मन्तव्य राख्ने क्रममा काठमाडौंका फुटपाथ व्यापारीलाई विकल्प दिएर मात्र हटाउनुपर्ने धारणा राखेका थिए ।
मेयर बालेन शाहकै योजनामा महानगरभित्रका फुटपाथका व्यापारीलाई महानगर प्रहरी बलको सहायतामा हटाएर पैदल यात्रीलाई हिँडडुलमा सहजता ल्याइएको छ । साथै घरको सटर र ढोका अगाडि ट्रस्ट ठड्याएर बनाइएका सबैतिरका संरचना हटाउने क्रम जारी राखेको छ । जसको तारिफ चौतर्फी हुँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार