प्रधानसेनापति भारतमा पुगेका बेला भारतीय सेना गुपचुप मै पोखरामा
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ११:५८:२५
१० असाेज, काठमाडौं । प्रधानसेनापति प्रभूराम शर्मा यति बेला भारत भ्रमणमा रहेका छन् । हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनमा भाग लिन प्रधानसेनापति भारत पुगेका हुन् । उनी अझै दुई दिन भारतमा रहने कार्यक्रम छ । तर उनी भारत भ्रमणमा रहेका बेला भारतीय सेनाको एउटा टोली भने गुपचुप मै नेपाल आइपुगेको छ ।
नेपाली सेना उच्च स्रोतले दिएको जानकारी अनुसार नेपाल भ्रमणमा आएको भारतीय सैन्य टोली यति बेला पोखरा घुमघाममा छ । नौ जनाको उक्त टोली बुद्ध एअरको उडानमा मंगलबार त्यता गएको हो । मेजर जनरल आलोक ककेरसहितको टोली त्यता गएको हो, स्रोतले जनाएको छ । गोर्खा राइफलको ९ रेजिमेन्टका मेजर आलोक, लेफ्टिनेन्ट कर्नेल विश्वासकुमार मिश्र, रमेशप्रसाद सहित नौ जनाको टीम नेपाल आएको हो । तर उनीहरू घुमघामका लागि आएका हुन कि काम विशेषले नेपाल आएका हुन भन्ने बारेमा केही खुलेको छैन ।
भारतीय सेनाले नेपालको उत्तरी सीमानामा एकपछि अर्को पोस्ट स्थापना गर्दै गर्दा उनीहरूको नेपाल भ्रमण पनि बाक्लिएको स्रोतले जनाएको छ । यसरी उत्तरी सीमानामा पाँच वर्ष अघि हतियार र सञ्चार उपकरणसहित भारतीय सेनाका १७ पोस्ट खडा भएका छन् । यो बीचमा नेपाल सरकारले भारतीय सेनाको बसाइ र पोस्ट विस्तार रोक्न सकेन् । किनकी उनीहरूको पोष्ट भारतीय भूमिमै भएकाले पनि रोक्न कठिन थियो ।
खास गरी भारतीय सेनाले पटक पटक नेपाल भ्रमण गर्नुको कारण चाहि पाँचथरको च्याङथापु, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको चेपुवाघाँटी, सोलुखुम्बुको नाम्चे (च्याक्सा), दोलखाको लामाबगर, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र सोम्दाङ, गोर्खाको अठारसय खोला र लार्के भञ्ज्याङ, मनाङको थोराङ पास, मुस्ताङको छुसाङ, डोल्पाको छार्काभोट, मुगुको गुगुगाउँ, हुम्लाको मुचु, बझाङको जावारीकोट, दार्चुलाको टिंकर भञ्ज्याङको अवलोकन गर्नु नै हो । उनीहरू बेलाबखत मिलाएर नेपाल भ्रमणको नाममा त्यहाँ पुगिरहन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'
बैशाख २२, २०८१ शनिबार
कैलालीको गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
बैशाख २२, २०८१ शनिबार
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु
बैशाख २२, २०८१ शनिबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार