गण्डकी प्रदेशका सबै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १५:२०:५०
१० असोज, काठमाडौं । पोखराको मणिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आजदेखि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
चिकित्सकमाथि निरन्तर आक्रमण भइरहेको र सरकारले सुरक्षा दिन नसकेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीको आह्वानमा अस्पतालले आकस्मिकबाहेक सबैतर्फका सेवा बन्द गरिएको हो । संघले मंगलबार विज्ञप्ति निकालेर बुधबारदेखि प्रदेशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको थियो ।
आज गण्डकी मात्र भई देशभरका चिकित्सकहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । मणिपालमा उपचारका क्रममा लमजुङका एक बिरामीको मृत्यु भएको विषयलाई लिएर सोमबार मृतका आफन्तले चिकित्सकहरुमाथि आक्रमण गरेका थिए । उनीहरु अस्पतालमा तोडफोड समेत गरेका थिए । अस्पतालमा अहिले पनि सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ गरिएको छ ।
आन्दोलनरत चिकित्सकहरुसँग सरकारले मंगलबार मात्रै वार्ता गरे आक्रमणकारीलाई कारवाही गर्ने र गुनासा सुनुवाइ गर्न अस्पतालमा उजुरी बक्स राख्ने लगायन बुँदामा सहमति भएको थियो । तर चिकित्सकहरु आफूहरुको सुरक्षाको गयारेन्टी हुन नसकेको भन्दै अस्पतालहरुमा सेवा बन्द गरेका छन् । आन्दोलनका कारण गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आकस्मिक बाहेकका सेवा बन्द भएको छ ।
ओपीडी लगायत सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार