एमालेकाे बागमती प्रदेश अधिवेशनः मतदान समय सरेको सर्यै
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार ११:४२:३२
११ असोज, काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने समय पटपकटक सरेको छ । आज बिहान ८ बजेदेखि मदान सुरु हुने भनिएकोमा तालिका ११ बजेका लागि सारिएको थियो । ११ बजेपछि सुरु हुन सकेन । निर्वाचन अधिकृत डिल्ली मैनालीले मतदान दिउँसो १ बजेबाट हुने बताएका छन् ।
निर्वाचन मण्डलले मतदाताको अन्तिम नामावली समेत सार्वजनिक गर्न सकेको छैन । अधिवेशनका लागि १ हजार १७४ मतदाता छन् । अध्यक्षका लागि अध्यक्ष पदका पाँच जनाले उम्मेदवारी दिएका छन् । १ बजे पनि मतदान सुरु हुनेमा प्रतिनिधिहरुले शंका गर्न थालेका छन् ।
सहमतिको प्रयास विफल भएपनि उम्मेद्वार संख्या घटाउने प्रयासका क्रममा नेताहरुकै कारण मतदानमा ढिलाई भएको स्रोतको भनाइ छ । केशव पाण्डे, कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानु श्रेष्ठ र केदारबहादुर बुढाथोकीले उम्मेदवारी दिएका छन् ।
मुख्य गरी ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने देखिएको छ । ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले साथ दिएका छन् । कमिटीमा ५ पदाधिकारी रहने विधानको व्यवस्था छ । उपाध्यक्ष, सचिव, उपसचिव लगायतका पदमा पनि धेरै जनाले उम्मेदवारी दिएका छन् ।
उता बिहीबार सुरु भएको कर्णाली प्रदेश अधिवेशनमा पनि प्रदेश कमिटी चयन गर्न मतदान हुने देखिएको छ । सहमतिको प्रयास असपल भएपछि भोलि शुक्रबारबाट निर्वाचन प्रक्रिया गर्न नेताहरु सहमत भएको बताएका छन् ।
यसअघि सहमति प्रयास विफल भएपनि लुम्बिनीमा मतदानबाटै प्रदेश कमिटी नेतृत्वसहित कमिटी निर्वाचित भएका थिए । अध्यक्ष ओलीले मतदानमा जाँदा प्यानल नबनाउन निर्देशन दिँदै आएका छन् । बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका छन् । यसका बाबजुद बागमतीमा ढुंगेल र दाहालबीच प्यानल बनाएर चुनावमा जाने संभावना बढेको छ । प्यानल बनाउन केन्द्रीय पदाधिकारीबाटै माहाेल बनाउने काम भइरहेकाे प्रतिनिधिहरूकाे भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार