तिब्बतसँग सीमा जोडिएको क्षेत्र फलेक हुँदै नेपाल भित्रिएको ४ किलो सुन दोलखामा बरामद, तीन जना पक्राउ
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १२:२१:११
११ असोज, काठमाडौं । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६१ किलो सुनको अनुसन्धानको किनारा नलाग्दै सुन तस्करीका घटनाहरु एकपछि अर्को गर्दै बाहिरिएका छन् ।
विमानस्थल बाहिर ठूलो परिमाणामा सुन बरामद भएको केहि समय पछिनै रसुवा नाका हुँदै पैदल मार्गबाट आएको २ किलो सुन बराम भएको थियो । त्यसपछि बिहीबार दोलखामा ४ किलो सुन बरामद भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार भएर आउने सुनमा कडाई हुन थालेपछि तस्करहरुले यसको विकाल्पका रुपमा साना भन्सार नाका र छिटफुट मानिस मात्र आवत जावत गर्ने नाकाको प्रयोग गर्न थालेको प्रहरीको अनुमान छ । उनीहरुले मानिस प्रयोग गरेर यस्ता नाकाबाट सुन भित्राउन थालेका छन् । दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद हुनु पनि यसैको उदाहरण हो ।
सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखा प्रहरी कार्यालयले जनाएको छ । सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणमा पठाइएको छ । इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ । यो सुन तिब्बत र दोलखाको सिमाना फलेक हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदा पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदनमा खुलाएको छ । सीआईबीले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पछि समातिएका आरोपीको बयान सकिएर थुनछेक बहस भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार