भ्रष्टाचार नियन्त्रणमा सरकारलाई साथ दिन माओवादी केन्द्रको अपिल
धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्न अराजक तत्व सक्रिय रहेको निष्कर्ष
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १२:५७:५५
११ असोज, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले भ्रष्टाचार नियन्त्रणमा सरकारलाई साथ दिन अपिल गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो अपिल गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले जारी राखेको भ्रष्टाचार नियन्त्रण अभियानमा सबैले साथ दिनुपर्ने बताए । उनले जस्तोसुकै कठिन र घेरा हाले पनि सरकारले अभियान नरोक्ने बताए ।
साथै बैठकले देशका विभिन्न भागमा धर्म र जातीय रुप झल्किने गरी देखा परेका गम्भीर प्रकृतिका गतिविधि धार्मिक तथा साम्प्रदायिकता खल्बल्याउने किसिमका अराजकता बढेको निष्कर्ष समेत निकालेको छ । अराजकता रोक्न सबै राजनीतिक दलहरुले पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।
प्रवक्ता सापकोटाले बैठकमा आन्दोलनरत राहत शिक्षकसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा गम्भीर रुपमा छलफल भएको जानकारी दिए ।
यसैबीच आजै मात्र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले इन्द्रजात्रा पर्वको शुभकामना दिँदै मुलुकमा सामाजिक सद्भाव र धार्मिकि सहष्णिुता कायम गर्नुपर्ने प्रमुख दायित्व सरकारले निर्वाह गरिरहेको बताउँदै राष्ट्रिय र सामाजिक एकताका लागि अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार