सरकारले सुरक्षाको ग्यारेन्टी दिएर काममा फर्कन आग्रह गर्दा पनि डाक्टरहरु सडकमा [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १३:१४:२९
११ असोज, काठमाडौं । सरकारले सुरक्षाको ग्यारेन्टी गर्दै काममा फर्कन आग्रह गरेपनि चिकित्सकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरुले आज पनि आन्दोलन जारी राखेका छन् । सुरक्षा दिन नसकेको भन्दै उनीहरुले गृहमन्त्री र स्वाथ्य मन्त्रीको राजीनामा माग्दै नारावाजी गरेका छन् ।
असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरि सकिएको छ ।
कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई केन्द्रमा सरुवा गरि सकिएको र अर्का एक जनालाई कानुन बमोजिम निलम्बनसमेत गरि सकिएको छ । गृह मन्त्रालयले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिरहेको छ ।
तर, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्दै चिकित्सकहरुले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आफुहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा मागका साथ विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरूको भनाइ छ ।
आन्दोलनरत चिकित्सकहरूले हामी स्वास्थ्यकर्मी एक हौ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, हजुरको आसु हामीले हेर्ने, हाम्रो आसु कस्ले हेर्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । चितवन पोखरा लगाएतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरू आन्दोलित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार