स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन मानव अधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १३:१९:८
११ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको हकमा अत्यावश्यकीय सेवा स्वास्थ्य संस्थामा सेवा बन्द नहुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सुरक्षको माग गर्दै चिकित्सकहरुले अस्पतालहरुमा सेवा बन्द गर्ने क्रम नरोकिएपछि आयोगले फिल्ड अनुगमन सकेर आज सरकारको ध्यानाकर्षण गराएको हो ।
पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायत जिल्लाहरुका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड घटनाको विरोधमा चिकित्सक, नर्सहरुले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा गम्भीर असर परेको आयोगले जनाएको छ ।
आक्रमणकारीमाथि कारवाहीको माग गर्दै आज पनि चिकित्सकहरुले काठमाडौं लगायत जिल्लाहरुमा प्रदर्शन जारी राखेका छन् । आक्रामण घटनामध्ये हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले २ महिलासहित ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार