प्रहरी सेटिङमा मोरङमा करोडौंको जुवाखाल संचालनमा, अपराध बढ्नेमा स्थानीय चिन्तित
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १७:३७:५३
११ असोज, विराटनगर । लामो समयदेखि कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको एक गाउँपालिकामा संस्थागत रुपमा करोडौंको अवैध जुवा खेल संचालन हुँदै आएको पाइएको छ । उस बारेमा मोरङमा विशेष चर्चा हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बस्ने गरेको आरोप लाग्न थालेको छ ।
दैनिक रुपमा अवैध जुवा संचालन हुने र त्यहाँ करोडौंको खेल हुने गरेको रहस्य खुलेको छ । कोशी प्रदेशको राजधानी विराटनगर महानगरसँगै जोडिएको ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुर स्थित लोहोन्द्रा नदीको आसपास क्षेत्रमा अवैध रुपमा संचालन भएको जुवाका कारण पुरै गाउँ नै प्रभावित बन्दै गएको छ ।
कोशी प्रदेशमा रहेका धरान, इटहरी, दमक, इनरुवादेखि उर्लावारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैध जुवा संचालन हुँदा समेत स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेपछि उक्त जुवाको सञ्जाल व्यापक भएको गुनासो स्थानीय बासिन्दाको छ । जुवा संचालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर १ किमीको फरकमा तथा सीमामा ईलाका प्रहरी कार्यालय रंगेली हुँदा समेत प्रहरीले अनदेखा गर्दै हिडेपछि जुवाले प्रशय पाएको भनाई स्थानीयबासीको छ ।
केही महिना अगाडि उक्त जुवाखालबाट जुवा संचालन गर्ने संचालकदेखि केही जुवाडे खेलाडी प्रहरीले नियन्त्रणमा लिएर गएपछि उक्त जुवा केही दिन बन्द भएको तर फेरि प्रहरी सेटिङमा संचालनमा आएको बताइएको छ । मोरङको संसदीय निर्वाचन क्षेत्र ४ बाट निर्वाचित माओवादी सांसद एवं निवर्तमान मन्त्री अमनलाल मोदीदेखि जिल्ला प्रहरी मोरङ र कोशी प्रदेश प्रहरीसँग जुवाडेले सेटिङ्ग गरेपछि त्यसबेला पनि कुनै कार्वाही नै नगरी छोडिएको भनाइ स्थानीयको छ । अहिले पनि सोही सेटिङ्ग अनुसार नै खुलेयाम दैनिक लाखौं–करोडौंको जुवा संचालन भइरहेको दावी समाचार स्रोतले गरेको छ
। उक्त घटना पश्चात् झनै उक्त जुवाले व्यापक रुप लिएको एक स्थानीयले बताए । महानगर भन्दा करिब १० किमीको फरकमा संचालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुँदा पछिल्लो समय स्वयं सांसद देखि प्रहरी समेतको सेटिङ्ग भएपछि खेलाडीहरूका लागि सुरक्षित स्थान बन्न थालेको छ ।
समाचार स्रोतका अनसार अवैध जुवा खेलको संचालन सुुनसरी मोरङ सिचाई आयोजना अन्तरगत संचालनमा रहेको ग्रामथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा महादेवकोल सिचाई योजनाका अध्यक्ष सुदीप कुमार माझीले जुवाको खाल लामो समयदेखि संचालन गर्दै आएको दावी स्रोतले गरेको छ । उक्त जुवा लामो समयदेखि संचालन हुँदै आएका कारण विराटनगरका व्यापारिक समुदायका देखि छिमेकी जिल्लाबाट आउने खेलाडीको व्यापक सहभागिता हुने गरेको दावी पनि स्रोतले गरेको छ । सोही जुवा संचालन हुने स्थानमै ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निजी आवास समेत भएका कारण जुवा संचालनमा सहयोग पुगेको रहस्य पनि स्रोतले खोलिदिएको छ ।
यस बारेमा उक्त जुवा संचालक माझीसँग नेपालबहसले सम्पर्क गर्दा उनले त्यस्तो छैन होला, म आफ्नै काममा व्यस्त छु, जुवा प्रति आफ्नो कुनै संलग्नता र सरोकार नरहेको दावी गरे । तर लगत्तै यो सूचना जोगवनी टीमले नेपालबहसलाई भनेको हो, तपाईलाई सूचना दिने मान्छे पारीबाट सञ्चालित छ भन्दै घुमाउरो पारामा आफ्नो एरियामा जुवा खेल हुने गरेको संकेत गरे ।
यसरी अवैध रुपमा संचालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको छ । इलाका प्रहरी कार्यालय बेलवारी तथा मातहत रहेको मोतीपुर प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालयसम्म सेटिङ मिलाएर सो जुवा खाल निर्वाध रुपमा संचालन हुँदै आएको बताइएको छ । प्रहरी चेनअफ कमाण्डमा संचालन हुने भएका कारण सबै सेटिङ मिलेपछि डीआईजी राजेशनाथ बाँस्तोला र मोरङ प्रहरी प्रमुख दीपक पोखरेल मुकदर्शक भएर बस्दा यो अवैध जुवाले व्यापक जरा गाडेको दावी स्रोतले गरेको छ ।
तत्काल प्रमाण फेला पार्न नसकिने र जुवा चलाउनेदेखि खेल्ने खेलाडी समेत अधिकांश व्यापारिक समुदायहरू नै सक्रिय हुने गरेपछि खेल हुने स्थान देखि ४ किमी वरीपरी नै निक्कै व्यवस्थित सूचना प्रणाली अपनाएर संचालकले पछिल्लो समय खेल सञ्चालन गर्ने गरेको दावी स्रोतले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार