‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण खुराक : कावा अध्यक्ष सिंह
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार ११:१८:३१
१२ असोज, हाङझाउ 'चीन' । एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राज रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तन्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण दस्तावेज हुने बताएका छन् । यहाँस्थित ओलम्पिक स्पोर्टस् सेन्टरमा बिहीबार ‘नेपाली खेलकुदको वृत्तन्त’ पुस्तकका लेखक एवम खेल पत्रकार नविन अर्यालसितको भेटघाटमा उनले एसियाली खेलकुदको नालीबेली समेटिएको सो पुस्तक विश्व खेलकुदका लागि ‘माइलस्टन’ हुने बताएका हुन् ।
पुस्तक नेपाली खेलकुदका लागि मात्र नभएर अन्तर्राष्ट्रिय खेलकुदका लागि समेत महत्वपूर्ण खुराक भएको उनको भनाइ थियो । ‘नेपाली खेलकुदको वृत्तन्त’मा आफ्नो ठूलो बुवा यजविन्दरको हस्ताक्षरसहित सन् १९५१ मा भारतमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि कावा अध्यक्ष सिंहले आयोजक चीनका खेल पदाधिकारीसित सो बारे चर्चा गरेका थिए ।
चनिको हाङझाउस्थित ओलम्पिक स्पोर्टस् सेन्टरको संग्रहालयमा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदका धेरैजसो दस्तावेज नभएकाले ‘नेपाली खेलकुदको वृत्तन्त’ बहुमुल्य दस्तावेज बन्न सक्ने कावा अधयक्ष सिंहले बताए । नेपाली भाषामा लेखिएको सो पुस्तक अनुवाद गराएर भए पनि पढ्ने उनले बताए । कावा अधयक्ष सिंहले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्षशरदचन्द्र शाह र नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म शमशेर राणासँग आफ्नो आत्मीय सम्बन्ध रहेको खेल पत्रकार अर्याललाई स्मरण गराए ।
उक्त पुस्तकमा आफ्नो ठूलो बुवा र बुवाको फोटो देखेपछि उनी निकै उत्साहित देखिएका थिए । काव अध्यक्ष सिंहको परिवार सात दशककदेखि विश्व ओलम्पिक र एसियाली खेलकुदमा सक्रिय छ । नेपालमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्न उनको बुवा भलिन्दरको विशेष योगदान रहेको पत्रकार अर्यालको पुस्तकमा उल्लेख छ । कावा अध्यक्ष सिंहले ‘नेपाली खेलकुदको वृत्तन्त’ को प्रसंशा गर्दै आफ्ना ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहले एसियाली खेलकुदमा पुर्याएको योगदान उक्त पुस्तकमा समेटेकामा लेखक अर्याललाई धन्यवाद दिए ।
कावा अध्यक्ष सिंहका साथमा एसियाली ओलम्पिक काउन्सिलका मानार्थ उपाध्यक्ष वे जिझोङ, एसियाली ओलम्पिक काउन्सिलका उपाध्यक्षद्वय सङ लुजेङ र सैयद आरिफ हसनलगायतको उपस्थिति थियो । उनीहरुले पनि सो पुस्तक चासोका साथ हेरेका थिए । पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तन्त’ गत असार २६ गते सार्वजनिक गरिएको थियो । ‘नेपाली खेलकुदको वृत्तन्त’ खेलकुदका बारेमा लेखिएको पहिलो नेपाली पुस्तक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार