दोलखामा थप ३ किलो सुनसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १५:५४:४५
१२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दोलखाबाट थप ३ केजी सुनसहित एक् जनालाई पक्राउ गरेको छ । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको उक्त परिमाणमको सुनसहित आज बिहान दोलखाको जामुनेबाट केशव तामाङलाई पक्राउ गरिएको हो ।
बुधबार मात्र दोलखाको सिंगटीबाट ४ किलो सुनसहित एक महिला र चार ४ पुरुष गरी पाँच जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।
आज बरामद सुन पनि चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान सीआईबीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
तस्करीले पछिल्लोपटक रुट फेरेर उत्तरी नाकाबाट स्थल मार्ग हुँदै सुन तस्करी गरेको पाइएसँगै नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत पुष १० मा विद्युतीय चुरोट (भेप)मा राखेर ९ केजी र साउन २ मा स्कुटरको ब्रेकशुमा राखेर ६० केजी सुन तस्करी भएको घटनामाथि प्रहरीले व्यापक अपरेशन सुरु गरेर ७ चिनियाँसहित दर्जनौंलाई पक्राउपश्चात मुद्दा चलाएपछि रुट परिवर्तन गरेको ठानिएको छ । पछिल्लो चरणमा चीनसँग जोडिएको विभिन्न नाका खुलाउँदै लगेसँगै तस्करी पनि मौलाएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार