६१ किलो सुन प्रकरणको अनुसन्धान नसकिँदै गएको तीन दिनमै थप १० किलो सुन बरामद, सात जना पक्राउ
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार १०:५५:२७
१३ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको ६१ किलो सुनको कारवाही चलिरहकै बेला तस्करी गरेर ल्याएको थप १० किलो सुन प्रहरीले बरामद गरेको छ । बुधबार यता दोलखा र विमानस्थल भन्सारमा गरी १० किलो सुन समातिएको हो । विमानस्थलमा बरामद भएको सुन प्रहरीको ध्यान खिचिएपछि तस्करहरूले ट्रान्जिट परिवर्तन गर्दै सुन ल्याउन थालेको छ ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७.२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो । उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए ।
शुक्रबार नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दोलखाबाट थप ३ केजी सुनसहित एक जनालाई पक्राउ गरेको थियो । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको उक्त परिमाणको सुनसहित शुक्रबार बिहान दोलखाको जामुनेबाट केशव तामाङलाई पक्राउ गरिएको थियो । बुधबार मात्र दोलखाको सिंगटीबाट ४ किलो सुनसहित एक महिला र चार ४ पुरुष गरी पाँच जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूमाथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । शुक्रबार बरामद सुन पनि चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान सीआईबीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । तस्करीले पछिल्लो पटक रुट फेरेर उत्तरी नाकाबाट स्थल मार्ग हुँदै सुन तस्करी गरेको पाइएसँगै नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय भएको छ ।
अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरी निरीक्षक विक्रम तामाङले बताए । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार चीनको रोङजिया नाका ठूलो परिमाणमा सुन पैदल मार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरूसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरिरहेको छ । आइतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको थियो । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपालतर्फ भित्र्याएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत पुष १० मा विद्युतीय चुरोट (भेप)मा राखेर ९ केजी र साउन २ मा स्कुटरको ब्रेकशुमा राखेर ६० केजी सुन तस्करी भएको घटनामाथि प्रहरीले व्यापक अपरेशन सुरु गरेर ७ चिनियाँसहित दर्जनौंलाई पक्राउ पश्चात मुद्दा चलाएपछि रुट परिवर्तन गरेको ठानिएको छ । पछिल्लो चरणमा चीनसँग जोडिएको विभिन्न नाका खुलाउँदै लगेसँगै तस्करी पनि मौलाएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार