रसुवामा तस्करीको १ किलो सुनसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार २०:२५:१४
१३ असोज, काठमाडौं । रसुवाको वेत्रावतीबाट तस्करीको १ किलो सुन बरामद गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो ।
१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ छन् । उनीहरुले सुन मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो ।
यसअघि गत महिना रसुवाबाट २ किलो बरामद भएको थियो । केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो । शुक्रबार त्रिभुवन विमानस्थलबाट पौने तीन किलो सुन बरामद भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार