सोमबारदेखि पोखरामा एमाले गण्डकी अधिवेशन सुरु हुने, नौ सय सात प्रतिनिधिले भाग लिँदै
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार ८:५८:५
१४ असोज, गण्डकी । नेकपा 'एमाले'को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए ।
अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उनको भनाइ छ । “प्रतिनिधि छनोट लगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ”, उनले भने, “सोमबार अधिवेशनको उद्घाटन समारोह र मंगलबार बन्दसत्र हुन्छ ।”
विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकाङ्क्षीको नाम चर्चामा आउन थालेको छ । अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।
प्रदेश अध्यक्षको आकाङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेत पनि प्रदेश अधिवेशनको प्रतिनिधिमा चुनिएका छन् ।
केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र मंगलबार पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दबाडीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
जेठ ८, २०८१ मंगलबार
रोप्नका लागि तयार पारेको धानको ब्याड
जेठ ८, २०८१ मंगलबार
लमजुङ हिमाल र डाँडापाखाको मनोरम दृश्य
जेठ ८, २०८१ मंगलबार
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
जेठ ८, २०८१ मंगलबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार