बैतडीको कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवा २४ सै घण्टा संचालनमा
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार १६:११:५१
१४ असोज, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ८ कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवा सन्चालन गरिएको छ । कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवाको आइतबार उद्घाटन गरिएको स्वास्थ्यकचौकीमा कार्यरत अनमी रमिता जोशीले जानकारी दिए।
दोगडाकेदार गाउँपालिकाको वडा न. ८ का वडाध्यक्ष महेन्द्र बिष्ट , स्वास्थ्य चौकीका प्रमुख महेश सिंह बिष्ट वडा सचिव रामबहादुर बिष्टको उपस्थितिमा आकस्मिक सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको अनमी जोशीले बताए । चौकीमा अब २४ सै घण्टा नागरिकहरुलाई सेवा दिने उनले बताए ।
आकस्मिक सेवा सञ्चालनमा आएपछि नागरिकहरुलाई सेवा लिन सहज हुने स्वास्थ्य चौकी प्रमुख बिष्टको भनाई छ। आकस्मिक सेवा र अरु सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने यहाँका नागरिकहरुको वाध्यता अब बिस्तारै हट्ने उनले बताए ।
कटौजपानी स्वास्थ्य चौकीमा अब चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा पाइने भएको छ । चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा दिने संस्थाको रुपमा घोषणा गरिएको छ ।
यसअघि दोगडाकेदार गाउँपालिकाको कार्यपालिका बैठकले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा हाल कार्यरत जनशक्तिले नै आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार