नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुस अन्तिममा
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार १०:४०:१५
१५ असोज, टिकापुर । नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनको मिति तय गरेको छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६–२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाल चौधरीलाई दिने निर्णय पनि गरेको छ ।
हाल सो पार्टीको अध्यक्ष उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी छिन, जो संङघीय सरकारमा भुमिसुधार मन्त्रीको जिम्मेवारीमा छिन । चौधरी मन्त्री भएकाले महाधिवेशनमा काम गर्न नभ्याउने भए पछि श्रीमान चौधरीलाई सम्पूर्ण कार्यकारी अधिकार दिइएको सो पार्टीले जनाएको छ ।
यसै गरी, पुस २६–२८ सम्म हुने महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको सो पार्टीले जनाएको छ । जसअनुसार राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, निर्वाचन समितिमा दामोदर पण्डित, आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।
साथै, सांस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरीले जिम्मेवारी पाएका छन भने अतिथि सत्कार समितिमा धर्मबहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारुलाई जिम्मेवारी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीको तापक्रम ४३.३६ डिग्री सेल्सियस, विद्यालय सञ्चालनमा कठिनाइ
जेठ १७, २०८१ बिहिबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार