प्रथम मेलौली कृषि, पर्यटन महोत्सव सुरु
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १७:५२:३३
बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो ।
महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेको मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले जानकारी दिए।
‘सुन्दर सुदूरपश्चिमको सौन्दर्य हाम्रो सान, कृषि पर्यटन र संस्कृतिको विकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेलौली सूचना तथा सञ्चार समूह र मेलौली नगरपालिकाको आयोजनामा महोत्सव सञ्चालन हुनलागेको हो ।
स्थानीय भाषा, कला, संस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको जनाएको छ । शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।
महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, मौतका कुवा, जादुघर र सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिनेछ । मेलौली भगवती मन्दिरको प्राङ्गणमा महोत्सव सञ्चालन हुनेछ ।
मदन भण्डारी फाउण्डेशन गठन
बैतडीमा मदन भण्डारी फाउण्डेशनको जिल्ला कमिटी गठन गरिएको छ । चक्र कार्कीको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटीको सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् ।
फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ ।
फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको अवसरमा भलिबल प्रतियोगिता गरी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको कमिटीका कोषाध्यक्ष सरस्वती नेपालीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिलेः सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार