धार्मिक पर्यटनबाट ३७ लाख सङ्कलन
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १८:२:५
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१२ शङ्खुस्थित इँटेमा धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु ३७ लाख रकम सङ्कलन भएको छ ।
सप्ताह ज्ञान महायज्ञमा स्थानीय सत्यनारायण श्रेष्ठले रु एक लाख ५५ हजार, ईश्वर लामिछानेले रु एक लाख ५१ हजार, मोहनप्रसाद श्रेष्ठले रु एक लाख २६ हजार, दामोदर सापकोटाले रु एक लाख ११ हजार, प्रवीण श्रेष्ठले रु एक लाख नौ हजार ९००, भरत श्रेष्ठले रु एक लाख पाँच हजार, रामचन्द्र श्रेष्ठले रु एक लाख पाँच हजार र फैंजु परिवारले रु एक लाख एक हजार दान गरेका थिए ।
इँटेमा रहेको शैलुङकोट डाँडामा अवस्थित शैलेश्वरी कालीमाताको मन्दिर पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धनका लागि बौद्ध स्तुपा र उद्यान निर्माणका लागि महायज्ञ गरिएको आयोजक सत्यनारायण श्रेष्ठले बताए । उनका अनुसार शैलुङकोट धार्मिक पर्यटनका लागि गुरुयोजना तयार भइसकेको छ ।
नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले शैलुङकोटलाई धार्मिक पर्यटन प्रवद्र्धनार्थ तयार भएको परियोजनामा महायज्ञबाट अपुग रकममा नपा कार्यालयले थप सहयोग गर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार