गैर आवासीय नेपाली संघको महाधिवेशन रोकिने ! संघका आजीवन सदस्यहरुले गराए परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १३:१२:३
१६ असोज, क्यालिफोर्निया । गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीसहितका अन्य आजीवन सदस्यहरूले संघको अधिवेशन स्थगित गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाएका छन् ।
अक्टुबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको गैर आवासीय नेपाली संघको ११ औँ महाधिवेशन रोक्न माग गर्दै आजीवन सदस्यहरूले इमेलमार्फत सिंहदरबार स्थित परराष्ट्र मन्त्रालय र मन्त्रीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् ।
गैर आवासीय नेपाली संघलाई लामो समयदेखि राजनीति गर्ने थलो, भ्रष्टाचारको अखडा र केही व्यक्तिहरूको प्राइभेट क्लब जस्तो बनाइएको भनेर दिइएको उजुरी र कानुनी रुपमै चलिरहेको लडाइको वेवास्ता गरी एकलौटी रुपमा गर्न लागिएको महाधिवेशन अवैधानिक रहेको दाबी गर्दै उनीहरूले ५ बुँदे माग राख्दै परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायलाई महाधिवेशन रोक्न माग गरेका छन् ।
उनीहरूको पहिलो मागमा अमेरिकाका १६ सय जना आजीवन सदस्यलाई निर्वाचन प्रक्रियाबाट वञ्चित गराई निर्वाचित गराइएकाले अहिलेको अमेरिकाको एनसीसी बर्खास्त गरी पुनः निर्वाचन गराउनु पर्ने रहेको छ, भने दोस्रो मागको रुपमा आईएलओबाट प्राप्त भएको १० करोड भ्रष्टाचार काण्ड, ललिता निवास कमिसन काण्ड, केन्द्रीय कार्यालय भाडा काण्ड र संसारभरी भएका एनसीसीहरुमा भएको भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानविन र दोषी उपर जरिवाना सहित साधारण सदस्यबाट बर्खास्त गर्नुपर्ने रहेको छ ।
यो संस्थाले अन्य संस्थाको लोगो अनधिकृत रुपमा प्रयोग गरी संस्थाको अन्तर्राष्ट्रिय छवि धमिलो पारेको र नेपालमा जालसाजीपूर्वक ट्रेडमार्क दर्ता गरी कानुनी अपराध समेत गरेकाले यस विषय चाडै टुंगो लगाई सम्बन्धित सबैलाई साधारण सदस्यबाट बर्खास्त गर्नुपर्ने र संस्थाले अदालतमा खेपिरहेको मुद्दा फैसला भएपछि मात्रै महाधिवेशन हुनुपर्ने संस्थाका आजीवन सदस्यहरूको माग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार