सीआईबीमा पूर्व सभामुख कृष्णबहादुर महराको तीन घण्टा
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार ८:९:४७
१७ असोज, काठमाडौं । प्रहरीले पूर्व सभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा बयान लिएको छ । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको हो ।
छोरा राहुल महरा सीआईबीको हिरासतमा रहेको उनको मुद्धा बुझाउने बेला भएकाले उनीसँग बयान लिएको सीआईबी उच्च स्रोतले जनाएको छ । ‘९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ गरेको हो’, सीआईबी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार सीआईबीले महरासँग तीन घण्टा बयान लिएको थियो ।
बाबु छोराको मुद्धा एकै साथ बुझाउने गरी सीआईबीले उनलाई महाराजगञ्जस्थित कार्यालयमा बोलाएर बयान लिएको स्रोतले जनाएको छ । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएको थियो । महराको परिवारसँग निकट चिनियाँ तस्करीका नाइके ली हाङसाङ र दाओजिन वाङको योजनामा ल्याइएको सुन छुटाउन महरानै प्रयोग भएका थिए । भेप मार्फत ल्याइएको सुन विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि त्यसलाई छुटाउन महरा परिवारको साथ रहेको प्रहरीको दावी छ ।
त्यसपछि सामान छुटाउन महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको थियो । भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भएको थियो । भन्सार कार्यालयले थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएकोमा पहिलो चरणमा सुन चोरीमा मात्रै मुद्दा गएको थियो । चोरीको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्ति चोरी हुनुअगावै सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको खुलेको थियो । त्यसको अहिले सीआईबीमा अनुसन्धान जारी छ ।
अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । उनलाई काठमाडौं बाहिर नजाने सर्तमा राखिएको थियो । अहिले भने छोरा राहुलसँगै उनको मुद्धा लैजाने तयारी गरेको र सो प्रकरणमा मुछिएका बाबुको पनि मुद्धा एकै साथ पठाउन लागिएको सीआईबी स्रोतले जनाएको छ । प्रहरीले साउन २ मा बरामद भएको सुन र भेप मार्फत सुन तस्करी गर्ने एउटै समूह भएको निष्कर्ष निकालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार