भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार ११:५३:३६
१७ असोज, काठमाडौं । भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज बुधबार असोज १७ गते अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको हो ।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रूपैयाँको १०५ अर्थात् १९ करोड १२ लाख २५ हजार रूपैयाँ बराबरको शेयर बिक्रीमा ल्याएको हो । यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता शेयरमा स्थानीयले आवेदन दिन सक्नेछन् ।
कम्पनीले यो शेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्काशन गरेको हो । स्थानीयले न्यूनतम् १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ । स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रूपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
दलहरुबीच सहमति नभई सभामुखले सुरु गरे संसद बैठक
बैशाख २८, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार
सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीय ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
वर्षा र सहकालका देवता रातोमाछिन्द्रनाथ रथारोहण ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार