६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार २०:५१:५२
१९ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरू मध्ये एक जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले बताए ।
अदालतले दोलखाको मेलुङ गाउँपालिका–३ का रामकुमार भुजेल, सोही ठाउँका दिलीप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा वीरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
अदालतले भोजपुर अरुण गाउँपालिका–४ का हर्कराज राई, चिनियाँ नागरिकहरू याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । यसै गरी कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सुन प्रकरणमा २६ जना थुनामा रहेकोमा रुक्मणि सुब्बालाई भने ५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार