सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार ११:२५:१५
२४ असोज, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता शेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।
यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७।५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता शेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता शेयर पनि थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो शेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सोनापुर मिनरल्स एन्ड आयलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैलुङ्ग खोला जलविद्युतको साधारणसभा आज, के-के छन् एजेण्डा ?
चैत २९, २०८० बिहिबार
सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?
चैत २६, २०८० सोमबार
थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
चैत २५, २०८० आइतबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार
सर्लाहीमा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने
बैशाख १६, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार