एमाले मधेश कमिटीमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:३७:४५
२६ असोज, काठमाडाैं । नेकपा (एमाले) मधेश प्रदेश अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत चयन भएको छ । सिरहाका चण्डेश्वर मण्डल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै, अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैस चयन भएका छन् ।
अध्यक्षसहित ५ जना पदाधिकारीको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले बताए । सदस्यहरूमा पनि सहमति गर्ने प्रयास भइरहेकाे उनले बताए । सहमति जुटन नसक्दा निर्वाचन मण्डलले बिहीबार राति निर्वाचन तालिका सार्वजनिक गरिसकेको थियो ।
अध्यक्ष मण्डल पार्टीका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठका विश्वासपात्र हुन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकटस्थ हुन् । यसअघि एमालेका ६ वटै प्रदेशमा चुनावबाट नेृतृत्वसहित कमिटी छानिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार