कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माओवादी केन्द्रद्वारा अस्वीकार, संसद बैठकमै प्रतिवाद
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १७:४५:२
२६ असोज, काठमाडौं । माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्वमा ‘राष्ट्रिय सरकार’ गर्ने विषयलाई ठाडो अस्वीकार गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरेर मुलुकका विद्यमान समस्या समाधान गर्न र राजनीतिक निकास दिन सकिने धारणा राखेका थिए ।
त्यसपछि बोलेका माओवादी केन्द्रको संसदीय दलका नेता हितराज पाण्डेले गौतमको धारणाको प्रतिवाद गरे । पाण्डेले सरकारको काम कारबाहीको बचाउ समेत गरे । उनले जनता र देशको पक्षमा सशक्त ढंगबाट काम गरिरहेको र थप अगाडि बढ्न सबैले साथ दिनुपर्नेमा जोड दिए । उनले अहिले सरकार परिवर्तनको कुनै आवश्यकता नरहेको र प्रचण्ड नेतृत्वकै सरकारलाई साथ दिएर जानुपर्ने बताए ।
‘सदनमा राष्ट्रिय सरकारको विषय पनि उठेको छ । म भन्न चाहन्छु, हामी देशलाई अगाडि बढाउने कुरा गरिरहेका छौं । फेरि अरू नयाँ नयाँ विषयहरू थप्दै जाने कुरा सान्दर्भिक छैन, त्याे कुरा हाेइन’ पाण्डेले भने ।उनले देशले गति लिइरहेको बेला दृढताका साथ संविधान कार्यान्वयन गर्नुपर्ने बताए । संघीय संसदले समयमै कानुन बनाउन नसक्दा संघीयता कार्यान्वयनमा समस्या भइरहेको उनको भनाइ थियो ।
काेशी प्रदेशमा कांग्रेस नेता डा. शेखर काेइराला पक्षधर ८ प्रदेश सांसदहरूले एमालेकाे साथ लिएर मुख्यमन्त्री नियुक्तिकाे प्रक्रियामा अगाडि बढिरहेकाे सन्दर्भमा संघीय सरकारका मुख्य २ दलका सांसदबाट यस्ताे धारणा बाहिरिएकाे हाे ।
पछिल्लाे समयमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिचानकाे कुरा उठाएपछि कांग्रेसका सांसदहरूले सरकार परिवर्तनकाे कुरा बाहिर ल्याउन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार