भन्सार एजेन्टका कारण विराटनगरमा मौलायो तस्करी, सेटिङमा विभाग पनि संलग्न
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:९:३
२८ असोज, विराटनगर । चाडवाडका कारण बजारमा चहलपहल बढेसँगै विराटनगर भन्सारमा तस्करीका घटनाहरू बढ्न थालेका छन् । भन्सार एजेन्टबाट सेटिङमा ठूलो परिणाममा मालसामान तस्करी हुन थालेको पाइएको छ । सेटिङकै कारण कारबाही र अनुगमन गर्नुपर्ने कार्यालयहरू मौन बसेका छन् । अप्रत्याशित रुपमा तस्करी बढेपछि विराटनगर भन्सार कार्यालयले अनुगमनका निकायसँग परामर्श थालेको छ ।
दशैं आउन एक हप्ता मात्रै बाँकी रहँदा लामो समयदेखि विराटनगर भन्सारमा निर्वाध रुपले भन्सार जाँचपासमा संलग्न हुँदै आएका केही एजेन्टका प्रतिनिधिहरूको चलखेल व्यापक रुपमा बढेर गएको छ । चालु आर्थिक वर्षदेखि भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुन कानुनी रुपमा प्रतिबन्ध लागेपनि अहिले भन्सार एजेन्टका प्रतिनिधिहरु निश्चित रकम भन्सारलाई दिएर उसैको लगिन प्रयोग गर्दै भन्सार प्रज्ञापन पत्र दर्ता गर्न थालेको भेटिएको छ ।
स्रोतका अनुसार यो काममा विशेष गरी भर्खरै भन्सार एजेन्टको परीक्षा पास गरेर भन्सार एजेन्ट नियुक्त भएका एजेन्ट सञ्जय साह अग्रपंक्तिमा रहेका छन् । यस्ता व्यक्ति पछिल्लो समय धमाधम भन्सार जाँचपासमा संलग्न हुन थालेपछि त्यसलाई नियन्त्रण र निरुत्साहित गर्ने विषयमा विराटनगर भन्सारले पनि सरोकारवालाहरुसँग परामर्श सुरु गरेको जानकारी दिएको छ ।
केही भन्सार एजेन्टले प्रति प्रज्ञापन पत्र पाँच सय रूपैयाँ सेवा शुल्कका नाममा उठाएर जथाभावी हस्ताक्षर गरिदिँदा भन्सारलाई नियन्त्रणमा समस्या भएको भनाइ विराटनगर भन्सारको छ । केही दिन अगाडि आफूलाई भन्सार एजेन्ट बताउने अकबर अलीले भन्सार जाँचपास गराएको सामान सहितको गाडी राजश्व अनुसन्धान कार्यालय सुनसरीले नियन्त्रणमा लिएपछि अहिले विराटनगर भन्सारले उक्त सामान भन्सार जाँचपासको विषयमा व्यापक छानबिन सुरु गरेको हो । तर, भन्सारकै कर्मचारी सेटिङमा संलग्न रहेको बताइन्छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा नै भन्सार प्रतिनिधि राख्ने व्यवस्थालाई ऐनमा नै उल्लेख गरी खारेज गरिदिएका थिए । तर विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न विराटनगर भन्सारमा रहेका भन्सार एजेण्टका भन्सार प्रतिनिधिहरु अकबर अली, कुन्दन मण्डल र लाल बचनले व्यापक सेटिङमा भन्सार जाँचपास गर्ने गरेको स्रोत बताउँछ ।
अकबर अलीको उक्त सामान भन्सार जाँचपास र राजश्व अनुसन्धान पुगेपछिको प्रकरणका सम्बन्धमा प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले पछिल्लो समय गहिरो अनुसन्धान सुरु गरेको स्रोतको भनाइ छ । पटक पटक विराटनगर भन्सार बदनाम गराउने आफ्नो निहीत स्वार्थ पूर्ति गर्दै आएका छद्मभेसीलाई कानुनी कार्यबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरू पन्छिँदै आएका छन् ।
विराटनगर भन्सारमा लामो समयदेखि भन्सार सम्बन्धि काम गर्दै आएका अकबर अली, लाल बचन र कुन्दन मण्डल कुनै समय भन्सार एजेन्टसँग दैनिक रकम लिएर काम गर्दै आएको कुरा थाहा भएको छ । तर केही बर्षदेखि आफै व्यापारी खोज्ने र आफै भन्सारसमेत जाँचपास गर्न थालेपछि विराटनगर भन्सारमा व्यापक सेटिङ हुँदै आएको रहस्य खुलेको हो ।
पछिल्लो समय तिनै जनाले एक अर्काको सामान पक्राउ गर्न सुराकी गर्दै आएको भन्ने उजुरी राजश्व अनुसन्धान कार्यालय सुनसरीमा परेको बताइन्छ । राजश्वले कार्वाहीका लागि कुनै सुनुवाइ नगरेको खण्डमा प्रहरीलाई उजुरी गरेर भएपनि सामान पक्राउ गर्न लगाउने र रकम लिने गरेको पाइएको छ । यसरी कमजोर कानुनी व्यवस्थाका कारण विगत देखी भन्सार प्रतिनिधि भएकै भरमा हुने भन्सार जाँचपासमा कर्मचारी र त्यस्ता प्रतिनिधिहरूबाट व्यापक राजश्व चुहावट हुन थालेपछि सरकारले कानुनी रुपमै भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरेको थियो ।
तर उक्त कानुनी व्यवस्थालाई समेत धज्जी उडाउँदै लामो समयदेखि भन्सार प्रतिनिधिका रुपमा भन्सार जाँचपास गर्दै आएकाहरु नै खुलेआम भन्सार जाँचपासमा संलग्न मात्रै नभएर बजारमा विभिन्न व्यापारीले आयात गरेका सामान जाँचपासदेखि राजश्वसमेतको ठेक्का लिएर भन्सार जाँचपासमा संलग्न हुन थालेपछि त्यसको नियन्त्रणमा आवश्यक देखिएको स्रोत बताउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार