आस्था राउतको ‘लै बरी लै’ सार्वजनिक
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:५२:९
२९ असोज, काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।
गायिका आस्थाले ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् ।
गीतको भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ र प्रवेशको अभिनय छ । भिडियोमा उपाशना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलाई पनि देख्न सकिन्छ । गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ ।
गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन् । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ ।
उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् ।
किरण थापा निर्देशित भिडियोमा झोलेइज्मको छायांकन, सम्पादन र भिजुअल इफेक्ट, किरन थापाको कोरियोग्राफी, रमा विश्वर्काको सहायक कोरियोग्राफी, प्रज्वल थापा मगरको सहायक छायांकन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
लोपोन्मुख कालो सुँगुर संरक्षणमा
जेठ ३, २०८१ बिहिबार
घरघरमा खानेपानीको धारा पुर्याउन सोलार लिफ्टिङ
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सेती नदीको किनारमा बनाइएको सडक
जेठ ३, २०८१ बिहिबार
बिक्रीका लागि राखिएको उखु
जेठ ३, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार