जन्मसिद्ध वैज्ञानिक आधार विनाको पाखण्डी कुरा हो : ओली
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार २०:३१:१६
२९ असाेज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त वैज्ञानिक आधार विनाको पाखण्डी कुरा भएको टिप्पणी गरेका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चताको कुरा सुन्दा कान टकटक्याउने र रिस उठ्ने गरेको भन्दै जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त कुनै वैज्ञानिक आधार नभएको र कुनै तथ्य ,तर्क नभएको पाखण्डी कुरा भएको बताएका हुन् ।
‘अहिले पनि नागरिक सर्वोच्चता सहन नसक्ने । नागरिक सर्वोच्चताको कुरा सुन्दा कान टकटक्याउने । मेरो यो कुरा सुने नागरिक सर्वोच्चता भनेको सुनेपछि उनीहरूको कन्सिरी तात्छ । रिस उठ्छ ।’उनले भने‘ जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको कुनै वैज्ञानिक आधार नभएको ,कुनै तथ्यतर्क नभएको यो एउटा पाखण्डी कुरा हो । पाखण्ड हो यसको पछाडि केही पनि छैन् ।’
उनले अरुले पुरानो पार्टी भनेता पनि एमाले नयाँ दृष्टि लिने र नयाँ भिजन दिने नयाँ पार्टी भएको दाबी गरे । पार्टीको हजारौं वर्ष आयु भएको भन्दै भर्खर ७५ माचल्दै गरेको यूवा पार्टी भएको उनको भनाइ छ ।
उनले भने,‘अरुले पुरानो पार्टी भन्छन् नि नयाँ दृष्टि हामीले लिन्छौं नयाँ भिजन हामीले दिन्छौं नयाँ बाटो हामीले खन्छौं । नयाँ काम गछौँ अनि केही पनि काम नगर्ने पार्टी नयाँ हुने नयाँ नयाँ काम गर्दै जाने चाँहि पुरानो हुने ? त्यसैले हाम्रो नयाँ पार्टी हो । हजारौं वर्ष आयु भएको पार्टी भर्खर ७५ मा चल्दैछ । भर्खर युवा हुँदै छ यो पार्टी । ’
उनले मुलुकमा भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका समेत छन् । नेपाल जस्तो महान र गौरव पूर्ण इतिहास भएको र नेपालजस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी विनियोजन : पूर्वअर्थमन्त्री महत
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार