बेमौसमी वर्षाले पाकेको धान भिजाएपछि किसान चिन्तित
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार २२:१३:१२
३० असोज, वेदकोट 'कञ्चनपुर' । कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।
सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताइन् । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उनले भनिन्, “भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन ।”
गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उनले खेती गर्दै आएकी छिन् । अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन् ।“थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ”, उनले भनिन, “अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ ।”
काटेको धान खेतमै भिजेको बताउँदै उनले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताइन् । गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताए । “धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्”, उनले भने, “यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ ।”उनले पिपलाडीमा पाँच बिघा जमिनमा धान, तरकारी लगायतको खेती गर्दै आएका छन् । यसवर्ष धान उत्पादन पनि घटेको चौधरीको भनाइ छ ।
“विगतको वर्षमा दुई सय बोरासम्म धान उत्पादन हुन्थ्यो, यो वर्ष धान राम्रो छैन”, उनले भने, “त्यसैमा पानीले भिजाएको छ ।” खेती भित्र्याउने समयमा हुने वर्षाले कञ्चनपुरमा वर्षेनी क्षति हुने गरेको छ । किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले ठाउँठाउँमा वर्षाको कारण पाकेको धान भिजेको बताए । “क्षतिको आधिकारिक विवरण आएको छैन, वर्षाले जिल्लाभर १०÷१५ प्रतिशत धान भिजाएको अनुमान छ”, उनले भने, “अहिले किसानलाई धान भित्र्याउने चटारो छ ।” जिल्लाभर अहिलेसम्म ५०÷६० प्रतिशत खेती मात्रै भित्र्याइएको अनुमान छ । अझै पानी पर्ने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन उनले आग्रह गरे ।
कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार