कोशीमा कांग्रेस विद्रोह समाप्त भइसक्योः थापा
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार १५:२६:१०
१ कात्तिक, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद उद्धव थापाले कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीसँग दुष्मनी सकिएको बताएका छन् । पार्टीमा विद्रोह गर्ने सांसदहरूसँग अब सौहार्द वातावरण बनेको थापाको भनाइ थियो । कार्की मुख्यमन्त्री बनेपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिएका थापाले अब मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कांग्रेस दलबाट ८ भाइ हाम्रा माननीयहरूले सरकार निर्माणका निमित्त मुख्यमन्त्री बन्ने कुरामा दलभित्र झगडा गर्नुभयो, कराउनु भयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो र युद्ध पनि जितेर आउनु भयो, उनले भने । युद्ध जितेर आइ सकेपछि हामीले गला लगाउने भन्दा अर्को कुरा छैन, कार्कीले भने ।
एमालेलाई सरकारमा सहभागिताबारे सोच्न पनि थापाले आग्रह गरेका छन् । उनले कार्की मुख्यमन्त्रीमा गठबन्धनको साझा उम्मेदवार रहेको पनि बताए । कोशी प्रदेशमा सरकार गठनलाई समस्याको रूपमा हेर्दा अस्थिरता उत्पन्न भएको थापाको भनाइ थियो । उनले अहिले समाधान निस्किएको बताए ।
’विश्वासको मत लिने–दिने भन्दा पनि प्रमुख विषय समाधान रहेछ । कसरी यो समस्याको समाधानमा पुग्न सक्छौं भन्ने कुरालाई परबाट हेरिरह्यौं,’ उनले भने, ’हाम्रा मुख्यमन्त्री केदार कार्की बन्दै गर्दा, एमालेको समर्थन प्राप्त गर्दै गर्दा हामी समाधानमा पुगेका छौं । समाधानको पाटोमा अब प्रदेश अगाडि बढेको जस्तो लाग्छ ।’
बजेट पारित गर्नका लागि सबै दलहरू एकताबद्ध हुनुपर्ने थापाको आग्रह थियो । विगतमा सञ्चालन भएका, भुक्तानी बाँकी रहेका र बजेट पुस्तिकाबाट आस्थाका आधारमा हटाइएका योजनाहरूलाई समाधान दिनुपर्ने थापाको आग्रह थियो । उनले पहिचानको मुद्दा अहिले पनि जीवितै रहेको र जुनसुकै बेला सडकमा आन्दोलन हुनसक्ने कुरालाई सरकारले ध्यान दिनुपर्ने बताए । उनले वार्ता गर्नका लागि समिति गठन गर्नुपर्ने सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार