बारा र पर्साबाट यसरी हुन्छ तस्करी (भिडियोसहित)
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार १८:३:५५
१ कात्तिक, बीरगञ्ज । सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा बाराको बलिरामपुर र मुसरहवा तथा पर्साको इनर्वा, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा र भिस्वा नाकाबाट व्यापक मात्रामा तस्करीको लाइन सुचारु भएको छ ।
प्रमुख बीरगञ्ज भन्सार नाकाबाट सानोतिनो घरायसी सामानलाई रोकेर तस्करीमा कडाइ गरिएको ढोल पिट्ने सशस्त्र र नेपाल प्रहरीले तस्करहरूसँग मोटो रकम असुलेर लाइन खोलेको हो । जबकी रक्सौल बजारबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरूले एक सय रूपैयाँ भन्दा बढीको सामान ल्याउँदा बीरगञ्ज भन्सार नाकामा सशस्त्र प्रहरीको तनाव खेप्नु पर्छ ।
नेपाल प्रहरीका सीमा प्रहरी चौकी तथा सशस्त्र प्रहरीको बीओपी, बेसक्याम्प लगायतका ईन्चार्जसँग लाइन मिलाएर तस्करहरूले बाराको मुसरहवा र बलिरामपुर हुँदै पर्साको भूटनदेवी मन्दिरबाट रातको समयमा लाखौंको भन्सार राजश्व छली नेपाल भित्र्याउने गरेका छन् । चर्चित तस्करहरू मुखिया र मुकेश गुप्ताले बाराको मुसरहवा र बलिरामपुरबाट दैनिक काजु, कपडा र हार्डवेयरको काम गरिरहेको बताइन्छ ।
समाचारका अनुसार दैनिक १५० देखि २०० पोका कपडा तथा काजु र हार्डवेयरका सामान यी नाकाबाट नेपाल भित्र्याएर पर्सामा जम्मा गर्ने गरिएको छ । त्यस्तै बीरगञ्ज भन्सार सेटिङमा पनि दर्जनौ तस्करहरूले काम गरिरहेको बताइएको छ । गत असार २८ गते मात्र भिस्वाको लक्ष्मी पाटी प्यालेस नजिकैबाट पिकअप (अटो रिक्सा) हुँदै आइरहेको भन्सार छलीको माल नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो । तर प्रहरीले तस्करसँगको साँठगाँठमा मालसामान भन्सार बुझाएर पिकअप भने छोडेको छ । यसवापत ३ लाखको चलखेल भएको दावी समाचार स्रोतको छ । सो सामान मुखिया र मुकेश गुप्ताको रहेको दावी समाचार स्रोतको छ । त्यस्तै सुरेन्द्र कलवारले बीरगञ्ज भन्सार पछाडिको बाटो प्रयोग गरी साइकलमा कपडाको कारोवार गर्ने गरेका छन् । हेर्नुहाेस् भिडियाेः
यसै गरी बीरगञ्ज भन्सारको पछाडि इनर्वा गाउँबाट नौसाद भन्ने तस्करले अहिले खसी बाख्रा व्यापक मात्रामा नेपाल भित्र्याइरहेका छन् । बिना क्वारेन्टाइन उनले हरियाणका खसी बाख्रा भारतको सीमावर्ती नाका अहिर्वा टोला हुँदै नेपाल भित्र्याउने गरेका छन् । उनले सिर्सिया बीओपीसँगको मिलेमतोमा सो नाकाबाट पनि खसी बाख्रा नेपाल भित्र्याउने गरेका छन् ।
बिगतमा परासीबाट खसीको कारोवार गर्ने नौसादले त्यहाँ स्ट्रीङ अपरेशनमा परेपछि इनर्वा आएर कारोवार थालेका हुन् । सो नाकाबाट रातदिन लगाएर जम्मा पारिएको खसीबाख्रा प्रति ट्रक तीन हजारको संख्यामा लोड गरी काठमाडौं पठाउने गरेका छन् ।
बीरगञ्जमा यसरी हुन्छ तस्करी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार