होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १८:०:५६
२ कात्तिक, टोक्यो । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स 'जीएम' ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ ।
होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ । “यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुनेछ”, होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेले भने ।
यो परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य लिएको होन्डाले जनाएको छ । तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमको कमीसँग लगातार सङ्घर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ ।
सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो । टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार