दशैंमा गाउँ रमाइलो
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार ७:१७:१९
६ कात्तिक, दमौली । तनहुँ व्यास नगरपालिका–३ निवासी डा. विनय शाह दशैं मनाउन पुर्ख्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।
“ हामी प्रत्येक वर्षको फूलपातीमा दशैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दशैं मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा. शाहको परिवार दशैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ ।
अन्य ठाउँमा रहेका आफन्तहरु पनि दशैं मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ । उनले भने, “ दशैंका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।”
दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै जानुभयो । “ दशैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,” उनले भने ।
दशैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ । बजार क्षेत्रका मानिसहरू दशैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो ।
दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ । अन्य समयमा यातायातको चाप रहने यहाँ दशैंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ । यहाँका धेरैजसो पसलहरु बन्द भएका छन् ।
मुख्य व्यापारिक केन्द्रहरु दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दशैंले प्रभाव पारेको छ । सर्वसाधारण दशैंका लागि किनमेल गरेर दशैं मनाउन ब्यस्त छन् । शुक्रबारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भएपनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए । उनले भने, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ ।”
जिल्लाका ग्रामीण भेगहरुमा भने दशैंको उल्लासमय वातावरण रहेको छ । विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् ।
अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए । उनले भने, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार