कालिकादेवी र बालादेवीले रक्षा गरिरहेको टाकुरे गाउँ
नेपालबहस संवाददाता
कात्तिक ७, २०८० मंगलबार १५:३४:२७
७ कात्तिक, टाकुरे 'सिन्धुपाल्चोक' । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्यो । धेरै घर भत्किए । मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए ।
जिल्लाको इनद्रावती गाउँपालिका–४, टाकुरेमा भने भौतिक क्षति भएपनि मानवीय क्षति भएन । मानवीय क्षति नहुनुको कारण त्यस गाउँलाई ३०० वर्षदेखि बालादेवीले रक्षा गरिरहेको अगाध विश्वास टाकुरे गाउँवासीमा छ ।
करिब १०० घर रहेको गाउँमा ब्राह्मण, क्षत्री र तामाङ समुदायको बसोवास रहेको छ । यहाँका स्थानीयवासीले सयौँ वर्षदेखि गाउँको टाकुरामा रहेकी बालादेवीलाई इष्टदेवीका रुपमा मान्दै आएका छन् । बालादेवीस्थानमा प्रत्येक वर्षको आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष पूजा, आराधना हुने गरेको छ ।
गाउँवासीलाई बालादेवीले रक्षा गरेकैले भूकम्पका बेला मानवीय क्षति नभएको पूर्व वडा सदस्य दयाकुमारी मिश्र बताउछिन् । टाकुरेसँगै जोडिएको बिमिरे, शिखरपुर, डुँडे, डँडुवाखर्क र नवलपुरलगायत गाउँमा घर भत्किएर मानवीय क्षति भएको थियो । टाकुरेका स्थानीयवासी भने बालादेवीको दर्शन एवं पूजा, आराधना गर्ने भएकाले भौतिक क्षति भएपनि मानवीय क्षति नभएको उनको विश्वास छ ।
“घर भत्कँदा भित्रै परेका मानिसलाई पनि केही नभई सकुशल उद्धार गर्न सक्नुले बालादेवीको दर्शन गर्नेलाई रक्षा गरेको विश्वास यस क्षेत्रमा बढ्न थालेको छ, यो विश्वासपछि वरपरका अरु गाउँबाट पनि मन्दिर आउने दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ, भूकम्पपछि नै गाउँपालिकाको बजेटले मन्दिर क्षेत्रमा जाने सिँढी निर्माण गरिएको छ, बालादेवी सामुदायिक वनमा रहेको देवी मन्दिरलाई आकर्षक धार्मिक स्थलका रुपमा विकास गर्न लागिपरेका छौँ”–पूर्व कार्यवाहक वडाअध्यक्षसमेत रहेकी मिश्रले भनिन।
भूकम्पका बेला मन्दिरमा पूजा, आराधना र दर्शनका लागि जाने मानिसको मात्र क्षति भएन । भौतिक संरचनाका कारण पशुधन भने क्षति भयो । पशु देवीस्थानमा दर्शनका लागि नजाने गरेकाले क्षति भएको रुपमा टाकुरेवासीले विश्लेषण गर्ने गरेका छन् । अग्लो स्थानमा रहेको बालादेवीस्थानबाट इन्द्रावती नदी, नदी तटका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, नगरकोटलगायत आकर्षक एवं रमणीय स्थलको अवलोकन गर्न पनि सकिन्छ ।
टाकुरेवासीले पुर्खौँदेखि बालादेवीलाई विशेष रुपमा मान्ने गरेका छन् । गाह्रो, साह्रो पर्दा देवीकै नाममा भाकल गर्ने गरिएको छ । पुस्तौँदेखि बालादेवीको गाथा सुन्दै आएको पण्डित विश्वनाथ कोइराला बताउछन् । पिता, पुर्खाबाट बालादेवीको महत्व सुन्दै आएपनि यस विषयमा आधिकारिक शिलालेख वा प्रामाणिक कागजात भने अहिलेसम्म नपाइएको उनले सुनाए । यससम्बन्धी थप खोज, अनुसन्धानको आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।
बालादेवीको पश्चिम, दक्षिण र उत्तरतिर टाकुरे गाउँ फैलिएको छ । गाउँको शिरमा देवीको मन्दिर स्थापित छ । बालादेवीको केही मुनि पानीको ट्याङ्कीसँगै शिलामा अर्की देवी विराजमान भएको विश्वासमा स्थानीयवासीले पूजा, आराधना गर्ने गरेका छन् । जसलाई कालिकादेवीको नाम दिइएको छ ।
यहाँ रहेको ठूला ढुङ्गालाई स्थानीयवासीले ३०० वर्षदेखि बालादेवीका रुपमा मान्दै आएका छन् । ठूलो ढुङ्गामुनि देवीको स्वरुपमा अरु शिला राखिएको छ । जसलाई स्थानीयवासी र श्रद्धालु भक्तजनले साक्षात् बालादेवीका रुपमा मान्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो
जेठ १९, २०८१ शनिबार
खोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
कैलाशकुट सामाजिक अभियानको आँखा शिविरबाट तीन सय लाभान्वित
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक जारी, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
जेठ २०, २०८१ आइतबार
अभिनेत्री रविना नयाँ विवादमा, रक्सीको नशामा वृद्ध महिलालाई कुटेको आरोप
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
जनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी
जेठ २०, २०८१ आइतबार
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
जेठ २०, २०८१ आइतबार