ढुक्कसँग व्यवसाय संचालन गर्नुहोस, वालिङ नगरपालिका तपाईको साथमा छ :- उपप्रमुख तिवारी
इन्द्र रिजाल
बैशाख ३, २०७६ बुधबार १:२२:३६
स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नयाँबर्ष २०७६ को पावन अवसरका शुभकामना आदनप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले निजी क्षेत्रलाई आतङ्कित नबनाउन आग्रह गरेका छन् ।
हरेक राजनीतिक दलदेखि विभिन्न समुहबाट चन्दा आतङ्कदेखि लुटपाट जस्ता घटना उद्योगी व्यवसायीले भोग्नु परेको पिडाको उल्लेख गर्दै वक्ताहरुले निजी क्षेत्रलाई आर्थिक समृद्धिमा बलियो बनाउन आग्रह गर्दै आतङ्कित नबनाउन जोड दिएका हुन् । प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा पनि उद्योगी व्यवसायी सुरक्षित हुन नसक्नु दुःखद भएको उनीहरुको भनाई थियो । मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक भएकाले पनि उद्योगी व्यवसायीमा निराशा छाएको वक्ताहरुले बताए ।
वालिङका उद्योगी व्यवसायीको संरक्षण स्थानीय सरकारले गर्छ –वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले भनिन्, “तपाईहरु ढुक्क हुनुहोस र ढुक्कसँग व्यवसाय संचालन गर्नुहोस । निजी क्षेत्र र स्थानीय सरकार मिलेर नै वालिङको विकासले फड्को मार्ने उपप्रमुख तिवारीको भनाई थियो । वालिङमा व्यवस्थित पशु बधशाला, तरकारी मण्डी र पार्किङ्को समस्या रहेकाले वालिङ उद्योग वाणिज्य संघ र नगरपालिका मिलेर यसको समाधानका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको तिवारीले बताईन् ।
व्यवसायीलाई त्रासको वातावरण देखाएर कुनैपनि समुहलाई चन्दाआतङक नमच्चाउन पनि संम्बन्धित निकायलाई उपप्रमुख तिवारीको आग्रह छ । २०७६ सालले सबै नगरवासीमा सकारात्मक सोचको विकास होस भन्ने शुभकामना दिदै उपप्रमुख तिवारीले उद्योगी व्यवसायीको हकहितका लागि संघले महत्वपुर्ण भुमिका खेल्न उत्प्रेरणा जागोस् ।
सातौ वालिङ महोत्सव सफलतापुर्वक सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले जहिले पनि उद्योगी व्यवसायीसगै वालिङको सामाजिक, आर्थिक र नैतिक भुमिकामा संघले महत्वपूर्ण भुमिका खेलेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । व्यवसायलाई चन्दा आतङ्कले आक्रान्त पारेको उल्लेख गर्दै सुरक्षित वातावरणमा व्यवसायीले व्यवसाय चलाउन पाउने अधिकारलाई सनिश्चित गर्न सरकारसँग पौडेलले आग्रह गरे । संघको गरिमालाई उचो राख्न कुनै कसुर बाकी राख्ने छैनौ, अध्यक्ष पौडेलले भने,“यहाँका उद्योगी व्यवसायीको साथ र सहयोग विना हामी केही गर्न सक्दैनौ ।”
स्थानीय सरकार र वालिङ उद्योग वाणिज्य संघसँग रहेको सुमधुर सम्बन्ध यो बर्षगाँठमा पनि हुने शुभकामना अध्यक्ष पौडेलको थियो । संघको भौतिक पुर्वाधार, सचिवालय व्यवस्थापन, आर्थिक पारर्दशिता र उद्योगी व्यवसायीको प्रबद्र्धनमा महत्वपूर्ण भुमिका खेलेकै कारण नेपाल उद्योग वाणिज्य महासंघले ५३ औं बार्षिक साधरणसभामा मुलुकभरीका ख वर्गका उद्योग वाणिज्य संघमध्य तृतिय हुने सफलतापछिको पुरस्कृत नै संघको गरिमा उचो रहेको पुष्टि हुन्छ पौडेलले भने ।
शुभकामना आदनप्रदान कार्यक्रममा संघका पुर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, सल्लाहकार केम्बरबहादुर वि.क., भरतप्रसाद वगाले, महासचिव केशरबहादुर खाँण, कोषाध्यक्ष तारा श्रेष्ठ, सदस्यहरु सालबहादुर राना र कमल वगाले लगायतका बक्ताहरुले निजी क्षेत्रको सुरक्षा चुनौतीमा सरकार लाग्न आग्रह गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार